CG Electronics
IME Life
NIMB

हिमालयन रिको आईपीओमा सर्वसाधारणलाई आजदेखि बिक्री खुला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आज (मंसिर २७ गते) देखि आवेदन दिन सकिनेछ । कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरेपश्चात प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत (तीन अर्ब रुपैयाँ) बराबर प्रतिशेयर १०० रुपैयाँ अंकित दरका तीन करोड कित्ता साधारण शेयरमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति शेयर २०६ अंकित मूल्यमा ६ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याएको छ ।

सो मध्येबाट दुई प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी १० प्रतिशत अर्थात् ३० लाख कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।

कम्पनीले अब बाँकी रहेको २ करोड ४९ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको हो । १०० अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरि प्रतिशेयर २०६ रुपैयाँका दरले शत्प्रतिशत भुक्तानी माग गरिएको कम्पनीको यस शेयरमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन बन्द छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गते हुनेछ।

हिमालयन रिइन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले केयरएनपी आईआर ए माइनस रेटिङ प्रदान गरेको छ।यसले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ।

 

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर जारी

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि...

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०८:५७

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक...

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:०६

  काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

सरकारको नीतिपछि सेयर बजारमा लगानीकर्ता त्रसित

सरकारको नीतिपछि सेयर बजारमा लगानीकर्ता त्रसित

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:०७

काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक तथा राजस्वसम्बन्धी नीति, बैंकिङ...

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४४

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते)...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...