CG Electronics
IME Life
NIMB

सरकारको नीतिपछि सेयर बजारमा लगानीकर्ता त्रसित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक तथा राजस्वसम्बन्धी नीति, बैंकिङ क्षेत्रमा कडाइ, लगानीको वातावरणमा देखिएको अन्योल तथा बजारमा फैलिएको मनोवैज्ञानिक त्रासका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट देखिएको छ। केही सातादेखि बढ्दो लय समातेको बजार सरकारको नीतिगत संकेतपछि पुनः दबाबमा परेको हो।

सरकारको नीति सार्वजनिकपछि पहिलो दिन भएको नेप्से कारोबार अवधिभर लगानीकर्तामा ‘वेट एन्ड वाच’ मनोविज्ञान देखिएका थिए। विशेषगरी बैंकिङ, वित्त, जलविद्युत् र लगानी समूहमा बढी बिक्री दबाब देखियो। कारोबार रकम सामान्य रहे पनि सूचकमा आएको गिरावटले बजार अझै स्थिर मनस्थितिमा पुग्न नसकेको संकेत गरेको छ।

सरकारले पूँजीगत लाभकर, बैंक ब्याजदर, रियल इस्टेट तथा वित्तीय कारोबारमा देखाएको कडाइले लगानीकर्तामा असुरक्षा बढाएको पाइन्छ। बजारमा ठूलो लगानी गर्ने समूहले पनि अहिले नयाँ लगानीभन्दा ‘प्रोफिट बुक’ गर्ने रणनीति अपनाइरहेका छन्। यसले बजारमा बिक्री चाप बढाएको देखिन्छ।

अर्कोतर्फ, राष्ट्र बैंकको आगामी मौद्रिक नीतिप्रति पनि बजारको चासो उच्च छ। यदि तरलता सहज बनाउने, मार्जिन कर्जा विस्तार गर्ने वा ब्याजदर घटाउने संकेत आए बजार पुनः सकारात्मक हुन सक्ने अपेक्षा गरिएको छ। तर हाल सरकारले राजस्व वृद्धि र खर्च नियन्त्रणलाई प्राथमिकता दिँदा निजी क्षेत्र तथा पूँजी बजारले अपेक्षित सहजता महसुस गर्न नसकेको टिप्पणी भइरहेको छ।

सेयर बजारका जानकारहरूका अनुसार नेपालको बजार अहिले पनि नीतिनिर्भर अवस्थामा छ। सरकार वा राष्ट्र बैंकबाट आउने सानो संकेतले समेत बजारमा ठूलो उतारचढाव ल्याउने अवस्था कायम छ। यही कारण दीर्घकालीन लगानीकर्ताभन्दा छोटो अवधिका कारोबारी बढी सक्रिय हुँदा बजार अस्थिर बनेको उनीहरूको भनाइ छ।

सेयर बजारलाई नजिकबाट हेर्दा पछिल्ला केही कारोबार दिनमा नेप्सेमा उच्च उतारचढाव देखिएको छ। कारोबार रकम अरब नाघे पनि लगानीकर्ताको आत्मविश्वास पूर्ण रूपमा फर्किन सकेको छैन। बजारमा नयाँ लगानीकर्ता प्रवेश सुस्त भएको र पुराना लगानीकर्ता पनि सतर्क अवस्थामा रहेकाले बजारले स्पष्ट दिशा लिन सकेको छैन।

जानकारहरु अहिलेको गिरावटलाई पूर्ण नकारात्मक रूपमा नहेर्न सुझाव दिन्छन्। उनीहरूका अनुसार बजारमा करेक्सन आउनु स्वाभाविक प्रक्रिया हो। तर नीतिगत स्थिरता, लगानीमैत्री वातावरण, ब्याजदरमा सहजता र सरकारको स्पष्ट दृष्टिकोण आए आगामी महिनाहरूमा बजार पुनः उकालो लाग्न सक्ने आधार अझै बाँकी छ।

यसैबीच सरकारले राजश्व छली तथा ठगीमा संलग्नहरुलाई कानुनको दायरामा ल्याउने उद्घोष गरिरहेको छ। यसबाट पनि व्यपारीहरु कुन समयमा पक्राउ परिने भन्ने भयमा छन्।

जसले सेयर बजारमा लगानी गर्न ठूला लगानीकर्ताहरु डराएको पनि पाइन्छ। ‘अवैध रुपमा कमाएको रकम सेयर बजारमा लगानी गरेको भनिने भाष्य पनि बनिरहेको छ, यसबाट पनि लगानीकर्ताहरु लगानी गर्नबाट पछि हटेको पाइन्छ।’– सेयर बजारका एक जानकारको भनाइ छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...