CG Electronics
IME Life
NIMB

नेपालमा एमजी एस सिक्स इलेक्ट्रीक एसयूभी सार्वजनिक: ६९.९९ लाख मूल्यमा ५३० किमि रेन्ज दाबी

NIMB
Himalayan Bank

काठमाडौं । नेपालमा एमजीको नयाँ इलेक्ट्रीक एसयूभी ‘एमजी एस सिक्स’ सार्वजनिक भएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले यस एसयूभीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

 

यो मूल्य प्रतिस्पर्धी मोडलहरूको तुलनामा कम रहेको कम्पनीले जनाएको छ । हाल बजारमा बीवाइडी सिलायन ७ को मूल्य ७९ लाख ९९ हजार, दीपल एस–०७ को ७४ लाख ९९ हजार र लीपमोटर सी–१० को ७२ लाख रुपैयाँ रहेको छ ।

नेपालमा एमजी एस सिक्स रियर ह्वील ड्राइभ (RWD) भेरियन्टमा उपलब्ध गराइएको छ । अन्तर्राष्ट्रिय बजारमा भने यो रियर ह्वील ड्राइभ र अल–ह्वील ड्राइभ (AWD) दुवै विकल्पमा बिक्री हुँदै आएको छ ।

एमजी एस सिक्समा १८० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान गरिएको छ, जसले ३५० न्युटन मिटर टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार यो एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ७.३ सेकेन्डमा पूरा गर्न सक्छ ।

यसमा ७७ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । डब्लूएलटीपी मापदण्डअनुसार यसले एकपटकको फुल चार्जमा ५३० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।

एमजी एस सिक्सले १४४ किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । उक्त चार्जरमार्फत १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न ३८ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

साइजका हिसाबले एसयूभीको लम्बाइ ४७०८ एमएम, चौडाइ १९१२ एमएम र उचाइ १६७२ एमएम रहेको छ । यसमा २८३५ एमएम लामो ह्वीलबेस र ६७४ लिटरको बुट स्पेस उपलब्ध छ ।

क्याबिन डिजाइन एमजी फाइभबाट प्रभावित देखिन्छ । ड्यासबोर्डमा १२.८ इन्चको ठूलो टचस्क्रिन, ११ स्पीकर साउन्ड सिस्टम, हिटेड सिट, प्यानोरामिक सनरुफ तथा अगाडि फ्रन्क (फ्रन्ट ट्रंक) जस्ता सुविधा दिइएका छन् ।

टेक्नोलोजीका हिसाबले पनि एमजी एस सिक्सलाई आधुनिक बनाइएको छ । यसमा विभिन्न स्तरमा मिलाउन सकिने रिजेनरेटिभ ब्रेकिङ, वान पेडल ड्राइभिङ र ‘रेन नाइट मोड’ जस्ता फिचर समावेश छन् ।

सुरक्षाका लागि यसमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ (AEB), लेन किप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोलसहित लेभल–२ एडास, ७ एयरब्याग लगायत फिचर उपलब्ध छन् । यो एसयूभीले युरो एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ ।

डिजाइनका हिसाबले अगाडिको भाग एमजी फाइभसँग मिल्दोजुल्दो देखिए पनि पछाडिको डिजाइन भने फरक र आकर्षक बनाइएको छ ।

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी...

वि.सं.२०८३ साउन ३ आइतवार २२:०१

  काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार...

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज र लामो ऋण अवधि

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज...

वि.सं.२०८३ साउन ३ आइतवार २१:४७

  काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले...

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...