CG Electronics
IME Life
NIMB

‘पनौती नकारात्मक शब्द होइन, पुण्यभूमिको नाम हो’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

‘पनौती’ शब्दलाई नकारात्मक र कुलक्षणको अर्थमा प्रयोग गर्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् । काभ्रेको पनौती नगरपालिकामा आयोजित ‘सञ्चारकर्मी पनौती यात्रा एवं पर्यटन विमर्श’ विषयक अन्तर्क्रियाका वक्ताहरूले पुण्यभूमिका रूपमा रहेको पनौतीलाई गलत तरिकाले प्रयोग गर्न नहुने बताएका हुन् ।

काभ्रेको पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले भने, ‘भारतमा राजनीतिदेखि खेल जगतसम्म पनौतीलाई कुलक्षणका रूपमा प्रयोग गर्ने गरिएको छ, जुन हाम्रा लागि आपत्तिजनक छ । नेपालमै पनि नबुझेर पनौतीलाई नकारात्मक तरिकाले प्रयोग गरिनु झन् दुखद् पक्ष हो ।’

उनले पनौती इतिहास, संस्कृति, धर्मका दृष्टिले महत्त्वपूर्ण शहर रहेको बताए । घुम्न र यसको इतिहास अध्ययनका लागि विदेशीहरू धाएर आउने गरेको जानकारी मेयर भण्डारीले दिए । उनले भने, १५आँै शताब्दीमा निर्मित ब्रह्मायणी मन्दिर, गाउँको प्रमुख देवीका रूपमा रहेको छ । यहाँको त्रिवेणीमा तीन नदीहरू भेट हुन्छन् । रोशी, पुण्यमाता र सबैले देख्न नसक्ने रुद्रावती मिसिन्छन् ।’

नेपालमा असाध्यै प्रचलित पर्व, योमरी पूर्णे पनि पनौतीबाटै सुरु भएको उनले बताए ।

ऐतिहासिक शहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन स्थानीयदेखि केन्द्र सरकारबाट समेत पहल भइरहेको र चाँडै यसमा सफलता मिल्ने उनले विश्वास व्यक्त गरे । साथै आगामी दिनमा पनौतीको थप प्रचार गर्दै बढीभन्दा बढी पर्यटकमाझ यसलाई चिनाउने योजनामा काम गरिरहेको मेयर भण्डारीले जानकारी दिए ।

पनौती नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष भीमप्रचाद आचार्यले पनौती पर्यटकीय स्थल मात्रै नभएर प्राचीन तीर्थस्थल पनि रहेको बताए । ’पन्ध्रौँ सोह्रौँ शताब्दीतिर लेखिएको मानिने काठमाडौं उपत्यकाको प्रसिद्ध तीर्थग्रन्थ नेपाल माहात्म्यअनुसार, १६६ पवित्र तीर्थस्थलहरूको सूचीमा पनौती नवौँ नम्बरमा पर्छ । यहाँ प्रत्येक १२ वर्षमा मकर मेला लाग्ने गरेको छ’, उनले भने ।

कार्यक्रमका वक्ता पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्मचार्यले ज्या पुन्ही, मकर मेला, योमरी पुन्ही, देवी नाच पनौतीका प्रमुख जात्राहरू रहेको बताए । पुराना ऐतिहासिक र पुरातात्मिक संरचनाहरू पनि रहेको उनले सुनाए । ‘ऐतिहासिक, पौराणिक दृष्टिले पनौती पुण्यभूमि हो । कुलक्षण होइन, पनौती त जीवन र धर्मसँग सम्बन्धित छ’, कर्मचार्यले भने ।

पनौतीले इतिहासदेखि नै आफ्नो एक विशिष्ट पहिचान बनाएको उनले बताए ।
यसैगरी स्थानीय पर्यटन व्यवसायी राजन थापाले पनौतीमा घुम्न सकिने ठाउँहरूबारे जानकारी गराए । ‘पनौतीमा पर्यटनको महत्त्व त छँदै छ । त्यसमा पनि साहसिक पर्यटनका लागि अति उपयुक्त ठाउँ हो । प्याराग्लाइडिङ, रक क्लाइम्बिङजस्ता खेल यहाँ गर्न सकिन्छ’, थापाले भने ।

कार्यक्रममा फोटोग्राफर प्रशान्त श्रेष्ठले सञ्चारकर्मीहरू पनौतीमा गर्न सकिने गतिविधिबारे जानकारी गराएका थिए । उनका अनुसार, पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेक ९लोल्याण्ड ट्रेक०, साँगा–पनौती हाइक ९कम्युनिटी हाइक, गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक ९फूल्चोकी वरिपरि०, वर्ड वाचिङ, योग रिट्रीट, सामुदायिक र निजी होमस्टे, तामा सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमणका लागि पनौती उपयुक्त गन्तव्य हो ।

पनौती नगर पुग्न काठमाडौंबाट मूलतः दुई बाटो छन् । साँगाबाट बनेपाहुँदै जाँदा ३२ किलोमिटर र ललितपुरको लुभू–लाकुरीभञ्ज्याङहुँदै जाँदा मात्र २२ किलोमिटरको यात्रापछि पनौती पुग्न सकिन्छ । यो नगर सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक विविधताले भरिएको छ । यहाँका बाटा र पुराना गल्लीहरूमा काष्ठकला तथा प्रस्तरकला देख्न पाइन्छ । यहाँको प्रकृति पनि कम मनमोहकछैन । पर्यटनको प्रबल सम्भावना बोकेको पनौतीमा मनोरम पहाड, खेत तथा हिमश्रृंखलाहरू नियाल्न सकिन्छ ।

सञ्चारकर्मी पनौती यात्रा एवं पर्यटन विमर्श
२०७५ सालयता क्रियटिभ जर्नलिस्ट ग्रुप र अन्नपूर्ण टाइम्स मिडियाको आयोजनमा हरेक वर्ष मूलधारका मिडियामा काम गर्ने पत्रकारहरूबीच एक पर्यटकीय क्षेत्रमा यस्तै सन्देशमूलक कार्यक्रम हुँदै आएको छ । पनौतीको गोरखनाथ मन्दिर क्षेत्रमा भएको कार्यक्रममा १ सय ५० भन्दा बढी सञ्चारकर्मी सहभागी थिए । अघिल्लो वर्ष काठमाडौंको शंखरापुरमा ‘मिडिया र समाज’ विषयक अन्तर्क्रियात्मक कार्यक्रम गरिएको थियो ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...