CG Electronics
IME Life
Ncell NPL

आयल निगमको समस्या समाधान गर्ने मन्त्री रिजालको आश्वासन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । उद्योगमन्त्री रमेश रिजालले नेपाल आयल निगमको समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल आयल निगमको ५४औं वार्षिकोत्सवमा मन्त्री रिजालले आयल निगमका समस्याहरु समाधान गर्न सबैसँग बसेर विस्तारै समस्या समाधान गर्दै जाने बताए ।

निगमसँग सहकार्य गर्दै आएका र सरोकारवाला निकाय तथा नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका अधिकारीहरुले निगम भित्रका समस्याप्रति गुनासो गरेका थिए ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले पिएसएफको विषय, सातै प्रदेशमा पेट्रोलपम्प सञ्चालन गर्ने, चार्जिङ स्टेसन सञ्चालन गर्नेलगायत विषयमा भएको समस्या समाधान गर्न ध्यानाकर्षण गराए ।

उनले भने, ‘जहाँ म उभिएर बोल्दै छु, यो ठाउँमा पेट्रोलपम्प सञ्चालन गर्ने भनेर हामीले प्रक्रिया अगाडि बढाएका थियौं । सडक विभागले नबनाउन भनेको छ । हाम्रै वरिपरी पेट्रोलपम्प सञ्चालन हुने तर, हामीले गर्न नपाउने, म माननीय सचिव र मन्त्रीज्युको ध्यानाकर्षण गराउँछु । पेट्रोल पम्प सातवटै प्रदेशमा सञ्चालन गर्नुपर्छ ।’

उनले थपे, ‘रिन्यूएबल एनर्जीका कुरा, गोबर ग्यास, बायोडिजेलका कुरा छन् । जोड दिएर के भन्न चाहन्छु भने आइपिओ र सेयरका कुराका लागि अगाडि बढेर निगमको सुधारका लागि जानुपर्छ ।’

त्यसपछि मन्त्री रिजालले भने, ‘साथीहरुको कुरा मैले सुनें । तपाईंहरुको कुरा मैले गम्भीरतापूर्वक लिएको छु । आयल निगमका समस्याहरु राख्नुभयो, यी कुराहरुमा विस्तारै बसेर समस्या समाधान गरिने आश्वासन दिन चाहन्छु ।’

उनले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज र निर्वाध आपूर्ति सुनिश्चित गरी व्यवस्थापन गर्न र समयसापेक्ष पूर्वाधार विकास गर्न प्रतिबद्ध रहेको बताए ।

सोहीअनुसार उनले सिमरा बिमानस्थलमा हवाइ इन्धन रिफिलिङको काम सुरु गरिसकेको र पोखरा बिमानस्थलमा हवाइ इन्धन डिपोको शिलान्यास गरी काम सुरु गरेको जानकारी दिए ।

यस्तै उनले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण अन्र्तगतको ड्रिलिङ कार्यलाई निरन्तरता दिन समन्वय गरिरहेको बताए ।

‘भविष्यमा पेट्रोलियम पदार्थ माथिको निर्भरतालाई केही हदसम्म भएपनि कम गर्ने र नेपालमै पेट्रोलियम पदार्थको उत्खनन र प्रशोधन गर्ने दिर्घकालीन सोचका साथ दैलेख जिल्लामा अन्वेषण गन्तर्गतको ड्रिलिङ कार्य भैरहेको छ । यसका लागि ४५ रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याई ड्रिलिङ कार्यलाई निरन्तरता दिइएको छ,’ मन्त्री रिजालले भने ।

यस्तै, पेट्रोलियम पदार्थमा बायोडिजल मिश्रण गर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार भैसकेको मन्त्री रिजालले जानकारी दिए ।

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...