Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

अर्थमन्त्रीद्धारा भैरहवा भन्सारको निरीक्षण, राजस्वकाे लक्ष्य भेटाउने गरी काम गर्न निर्देशन

 

भैरहवा । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिनुभएकाे छ । बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘राजस्वकाे लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहाेस् ।’

‘उच्च कर्तव्यनिष्ठताका साथ कर्मचारीले काम गर्न निर्देशन दिँदै मन्त्री डा.महतले भन्नुभयाे,‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छेहरु हाम्रो राज्यसंयन्त्रको अंग हुन पाएका छैनन् । मेरो पनि त्यत्तिकै योग्यता थियो, हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन् । प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट तपाईंहरु सन्तुष्टि हुनुपर्छ । मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने उसले त्यो ठाउँ छोड्नुपर्छ । जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन ।’

भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सर्तकताका साथ निरन्तर खबरदारी गर्ने कर्मचारीलाई निर्देशन दिनुभयो ।

‘कार्यरत कर्मचारीहरु एक वर्ष नभइ सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन, क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘यद्यपि कर्मचारीलाई मैले अविश्वास गर्न खोजेको होइन ।’

अहिले सहज भएको अवस्थाभन्दा कोभिडमा असहज भएका बेलामा भन्सार बढी उठेको विषयलाई व्याख्या गर्न नसकिने भन्दै डा. महतले भन्नुभयो, ‘गाडी आयात कम भयो भन्ने कुरा आएको छ, तर त्यो मात्र कारण हुन सक्दैन । त्यो कुरामा कर्मचारीले गम्भिर भएर ध्यान दिनुहोला ।’ डा. महतले भन्नुभयो – ‘चोरी पैठारी राेक्न भन्सार नाकामा खटिने सबै तहबीच एक अर्काकाे राम्राे समन्वय हुनुपर्छ ।’

‘जफत गरेको सामानको लिलामीका लागि पनि समयसीमा पहिले घोषणा गर्न, भन्सार र आन्तरिक राजश्वबीच समन्वय हुन जरुरी देखिएको छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘जाँच पासका लागि प्राविधिक रुपमा के–के चाहिन्छ, के कुराले समस्या भएको छ, त्यसको रिर्पोट गर्न आग्रह गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘समस्याको सम्बोधन तुरुन्त हुन्छ ।’

गृहमन्त्री लेखकले घटाए ‘भीभीआईपी’ बिदाइ र स्वागतमा उपस्थित हुनुपर्ने पदाधीकारीको संख्या

गृहमन्त्री लेखकले घटाए ‘भीभीआईपी’ बिदाइ र स्वागतमा...

वि.सं.२०८१ मंसिर १७ सोमवार ११:०३

  काठमाडौं । गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति...

प्रधानमन्त्री ओली, आज चीनको औपचारिक भ्रमणमा जादैँ

प्रधानमन्त्री ओली, आज चीनको औपचारिक भ्रमणमा जादैँ

वि.सं.२०८१ मंसिर १७ सोमवार ११:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनको...

खेलकुद मन्त्रालय चलाउन गार्हो भयो : मन्त्री चौधरी

खेलकुद मन्त्रालय चलाउन गार्हो भयो : मन्त्री...

वि.सं.२०८१ मंसिर १७ सोमवार १०:५७

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयका काम र...

जनकपुर बोल्ट र नेपाल सेरामिकबीच सम्झौता पत्रमा हस्ताक्षर

जनकपुर बोल्ट र नेपाल सेरामिकबीच सम्झौता पत्रमा...

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १६:०८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा टीम जनकपुर बोल्ट्सले...

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधार

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति...

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १५:३८

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ को...

थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ, अध्यक्ष ढकाल

थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ,...

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:५६

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...