CG Electronics
IME Life
Ncell NPL

मौद्रिक नीति खुकुलो बनाउन उद्योगी व्यवसायीको राष्ट्र बैंकलाई आग्रह

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । उद्योगी व्यवसायीले शोधानान्तर स्थिति र चालु खाता दुवै उच्च भएको उल्लेख गर्दै मौद्रिक नीति खुकुलो बनाउन राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।

हाल शोधानान्तर स्थिति र चालु खाता राम्रो हुँदा अर्थतन्त्रको बाह्य अवस्था बलियो बन्दै गएको र बैंक तथा वित्तीय संस्थाहरुमा ठूलो पूँजी थु्रप्रियको बताएका उद्योगी व्यवसायीहरुले निजी क्षेत्रसँगै आम मानिसमा सकारात्मक सन्देश जाने गरी अर्धवार्षिक मौद्रिक नीतिमा राष्ट्र बैंकले समीक्षा गर्नुपर्नेमा जोड दिए ।

बुधबार इकोनोमिक मिडिया एशोसियसन नेपालको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष कमलेश अग्रवालले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा वाह्य क्षेत्र थप बलियो बन्दै गएको भन्दै अब राष्ट्र बैंकले मौदिक नीति खुकुलो बनाउनुपर्ने बताए ।

उनले भने, ‘राज्यले सही ढंगले लगानीमैत्री र आर्थिक गतिविधि विस्तार गर्ने खुकुलो नीति लियो भने आर्थिक गतिविधि खुकुलो बन्छ होइन भने आर्थिक गतिविधि घट्दै जान्छ ।

 

जुन उद्देश्यले पहिला संकुचित मौद्रिक नीति लिइएको थियो त्यसमा व्यापक परिवर्तन भैसकेको छ । हामी अहिलेसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति गर्ने स्थितिमा पुगेका छौं । शोधानान्तर स्थिति र चालु खाता दुवै उच्च भएको छ ।’

संगै कार्यक्रममा रहेका राष्ट्र बैंकका कार्यकारी निदेशक गुरुप्रसाद पौडेललाई अग्रवालले भने, ‘कछुवाको तालले सुधारका गतिविधि गरेर हुँदैन अब द्रुत गतिले लिबरल मौद्रिक नीति अपनाउनु पर्यो ।’

राष्ट्र बैंकले मंगलबार जारी गरेको तत्यांकमा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब,५२ करोड र विदेशी मुद्रा सञ्चिति दर १८ खर्ब १६ अर्ब नाघेको उल्लेख छ ।

यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र प्रसाद ढकालले पनि मौद्रिक नीतिबारे समीक्षा गरिनुपर्ने बताए । उनले अर्धवार्षिक रुपमा मौद्रिक नीति सकारात्मक वातावरण बन्ने गरी आउने अपेक्षा व्यक्त गरे ।

‘सूचाङ्कको हिसावले अहिले धेरै आर्थिक सूचाङ्कहरु सकारात्मक रुपमा देखिएको छ । विदेशी मुद्रा सञ्चिति होस् ,रेमिट्यान्स आप्रवाह वा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात यी सबै कुराहरु सकारात्मक हुँदुहुँदै पनि आम नागरिकमा सकारात्मक सन्देस जान सकेको चाँही छैन ।

 

अर्धवार्षिक रुपमा मौद्रिक नीति जुन आउँदै छ,यसले आम नागरिकमा आत्मविश्वास बढाउने हिसावको पब्लिकमा सकारात्मक सन्देश जाने गरी आउने छ भन्ने आशा छ ।’ उनले थपे, ‘आउने दिनहरुमा अर्धवार्षिक मौद्रिक नीति र बजेटमा पब्लिकमा सकारात्मक सन्देश जाने नीति लिइयोस भन्ने अपेक्षा गर्नु ।’

ढकालले आगामी बैशाखमा हुने लगानी सम्मेलनमा कानूनी बाधा अड्चन फुकाउन सरकारले बाह्र ओटा कानूनलाई अध्यादेश मार्फत भएपनि संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

ढकालले लगानी सम्मेलनको लागि विभिन्न कानूनी अड्चन देखिएकोले सम्मेलन अगावै सरकारले सम्भव भए विधेयकमार्फत नत्र अध्यादेशमार्फत भए पनि सम्बोधन गर्न सके त्यसले राम्रो सन्देश प्रवाह हुने बताए ।

‘आउने अप्रिलमा जुन लगानी सम्मेलन हुन गैरहेको छ ।हामीले १२ ओटा कानूनहरु संशोधन गरेर लगानीलाई प्रबद्र्धन गर्ने गरी सुझावहरु दिइसकेका छौं । ती कानूनहरु लगानी सम्मेलन भन्दा पहिलानै चाहे अध्यादेशबाट वा विधेयकबाट परिमार्जन गर्न सकियो भने यसले राम्रो सन्देश जान्छ ।’

उनले सरकारले नीजि क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन खोजिरहेको बेला समयमै समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्न पर्दैन भन्ने जनमानसमा परेको दुविधा हटाउनपर्ने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले राष्ट्र बैंकले उक्त भ्रमलाई चिर्ने प्रयास गरेको जानकारी दिए ।

‘नेपाल राष्ट्र बैंक र अरुले कर्जा लिएपछि तिर्नु पर्छ भनेर भनिरहनु भएको छ । हामी के प्रतिबद्धता गर्छौ भने राष्ट्र बैंकको नियम निर्देशन नमान्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कारबाही गर्छौ । कर्जा लिएपछि तिर्नुपर्छ भन्ने खालको सन्देश जाने हिसाबले अर्थमन्त्रीले बोल्दिनु भयो भने सकारात्क बन्दै जान्छ वातावरण’ पौडेलले भने ।

पौडेलले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र सूचकको हिसाबले अहिले एकदम सबल भएको बताए । उनले आन्तरिक क्षेत्र पनि चलायमान र गतिशिल बन्दै जाने अवस्थामा रहेको उल्लेख गरे ।

उनले बैंक तथा वित्तीय क्षेत्र,लघुवित्त संघसस्थालगायतका संस्थाहरुबाट प्रवाह हुने कर्जालाई उत्पादनसिल क्षेत्रमा लगाउनुपर्ने बताए ।

’अब हामीले के सोच्नुपर्ने छ भने,कर्जालाई हामीले उत्पादनसिल क्षेत्रमा लैजानु पर्छ । कर्जालाई उपभोग्य क्षेत्रमा बढी प्रवाह गरियो भने अहिलेको यो दुर्लभ वित्तीय स्रोतलाई उत्पादनको क्षेत्रमा लगेर जुन अर्थतन्त्रको लक्ष्य राखेर अगाडि बढेका छौं त्यता लैजान सक्दैनौ । गहिरो ढंगले यता सोच्नुपर्ने अवस्था छ ।’

 

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...