एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाट
Wednesday Feb 07, 2024
वि.सं.२०८० माघ २४ बुधवार ०२:५५
काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने “एनआईबिएल स्टेबल फण्ड बन्दमुखी योजनाको इकाई बाँडफाट बुधबार गरिने भएको छ ।
उक्त योजनाको रु. १ अर्ब रकम बराबरको दश करोड इकाईहरु प्रति इकाई अंकित मूल्य रु. १० दरमा गत माघ २ गतेदेखि १६ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो ।
सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी रितपूर्वक आएका आवेदकहरुमा उक्त निष्काशित इकाईहरुको बिहान ९ बजे बाँडफाँट गरिने कम्पनीको भनाइ छ ।
























