CG Electronics
IME Life
NIMB

ब्रदरका नेक्स्ट-जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर सार्वजप्रनक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । विश्व प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपाली बजारमा व्यावसायिक प्रयोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक गरेको छ । १५ वर्षदेखि नेपालका लागि ब्रदरको आधिकारिक वितरकको रूपमा रहेको सागर ग्रुपले विभिन्न नौ प्रकारका प्रिन्टर ल्याएकाे हो ।

 

कलंकीस्थित बेलियो एक्सपिरियन्स सेन्टरमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक हेभी ड्युटी प्रिन्टर, कपी र स्क्यानरले प्रिन्टिङ उद्योगमा पर्फमेन्स विश्वसनीयतामा नयाँ मानक कायम गर्ने विश्वास लिइएको छ । बेलियो सेन्टरमा ब्रदरका पछिल्ला नवीनतम् प्रिन्टर हेर्न मात्र नभएर अनुभव समेत गर्न सकिन्छ ।

नयाँ प्रिन्टर माेडेलमा HL-L5210DN, HL-L5210DW, HL-L6210DW, HL-L6410DN, DCP-L5510DN, DCP-L5510DW, MFC-L5710DW, MFC-L6710DW र MFC-L6910DN रहेका छन् ।

पत्रकार सम्मेलन तथा प्रोडक्ट सार्वजनिक भएसँगै चार दिने ‘बेलियो एक्सपिरियन्स सेन्टरः मिट एन्ड ग्रिट कार्यक्रम समेत सुरु भएको छ । ८-१२ फेब्रुअरीसम्म चल्ने उक्त कार्यक्रममा रजिस्टर गराएका सहभागीले सम्पूर्ण उत्पादन तथा सोलुसन प्रत्यक्ष रूपमा हेर्न, विज्ञहरूसँग अन्तर्क्रिया गर्नुका साथै विशेष छुट तथा अफर प्राप्त गर्न सक्नेछन् ।

 

कार्यक्रमका लागि रजिस्टर गराउने एक जना भाग्यशाली सहभागीले मेगा गिफ्ट ह्याम्परको रूपमा एक्स त्याब ल्यापटप प्राप्त गर्नेछन् । ब्रदर इन्टरनेसनलका क्षेत्रीय बिक्री निर्देशक तथा बोर्ड सदस्य अमित अलीले नेपालका लागि ब्रदरका पछिल्ला प्रिन्टर मोडेल प्रस्तुत गर्न पाउँदा आफूहरू अत्यन्तै उत्साहित रहेको बताए ।

”यी नयाँ प्रिन्टरले नेपाली उपभोक्ता र स्थानीय बजारका लागि उत्कृष्ट मूल्य सिर्जना गर्नेछ । यी केवल उत्पादन मात्र नभएर नेपालका व्यवसाय र व्यक्तिहरूको विविध किसिमको मागलाई सम्बोधन गर्नेगरी डिजाइन गरिएका सोलुसन्स हुन्,” उनले भने, ”प्रिन्टिङ कार्यलाई सरल बनाउँदै उत्पादकत्व र प्रभावकारिता वृद्धि गर्ने हाम्रो लक्ष्य हो । नेपालमा रहेका ग्राहकहरूका लागि विशिष्ट प्रकारका प्रिन्टिङ सोलुसन उपलब्ध गराउने कार्यमा साझेदारको रूपमा सागर ग्रुपले देखाएको दृढ़ता र प्रतिवद्धताप्रति हामी कृतज्ञ छाैं ।”

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...