Global IME Bank Limited
Everest Bank
Nmb bank

घरेलु मदिरा ब्रान्डिङ गरी बिक्रि प्रबर्दन गरिने

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

 

उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रबर्दन गरिने बताउनु भएको छ ।

बिहिबार उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रबर्दन बिषयक छलफलमा मन्त्री रिजालले यस्तो बताउनु भएको हो । ठुला उद्योगी हावी नहुने गरि साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्रि प्रबर्दनको व्यवस्था मिलाइने मन्त्री रिजालले स्पष्ट पार्नु भयो । मन्त्री रिजालले घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्रि प्रबर्दनको व्यवस्था मिलाईने बताउनु भएको हो ।

राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री प्रबर्दन (branding) का लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ । मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ब्रान्डिङ गर्ने नीति लिएको छ । सोहि अनुरुप आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा बिक्री प्रबर्दन सम्बन्धि रोड म्याप समेत प्रस्तुत गरिएको थियो ।

छलफलमा अर्थमन्त्री डा. प्रकाश शरण महत र कानुन मन्त्री धनराज गुरुङको समेत उपस्थिति रहेको थियो । छलफलमा बोल्दै अर्थमन्त्रि महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा बिशेष ध्यान पुर्याउनु पर्ने बताउनु भयो । त्यसैगरी कानुन मन्त्री गुरुङले घरेलु मदिराको उत्पादन तथा बिक्रि प्रबर्दनका लागि स्पष्ट कानुन प्रति संबेदनशील हुनु पर्ने बताउनु भयो ।

छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको उपस्थिति रहेको थियो । त्यस्तै, उद्योग सचिव मुकुन्दप्रसाद निरौला, वाणिज्य तथा आपूर्ती सचिव नारायणप्रसाद दुवाडी तथा प्रदेशका मूख्य सचिवहरुको उपस्थिति रहेको थियो ।

गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

गैरहाजिर भएका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:१४

काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका १८ जना...

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि आजै समापन

कांग्रेस महासमिति बैठक : प्रदेश सभापतिहरूले बोलेपछि...

वि.सं.२०८० फागुन १० बिहीवार ०९:००

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठक...

केन्द्रमा बढीमा १२ वटा मन्त्राल राखेर अन्य अधिकार प्रदेशलाई दिनुपर्छ : पोखरेल (बागमती प्रदेश)

केन्द्रमा बढीमा १२ वटा मन्त्राल राखेर अन्य...

वि.सं.२०८० फागुन ९ बुधवार ०८:५९

काठमाडौं । बागमती प्रदेशका सांसद, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री...

कांग्रेसको खर्च : महाधिवेशन गर्न १२ करोड, आमनिर्वाचनमा १ करोड १५ लाख

कांग्रेसको खर्च : महाधिवेशन गर्न १२ करोड,...

वि.सं.२०८० फागुन ९ बुधवार ०८:५५

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १४ औँ महाधिवेशनमा १२ करोडभन्दा...

कांग्रेस महासमिति बैठक : आजदेखि समूहगत छलफल

कांग्रेस महासमिति बैठक : आजदेखि समूहगत छलफल

वि.सं.२०८० फागुन ९ बुधवार ०८:४५

  गोदावरी । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति...

ग्रीन डेभलपमेण्ट बैंकले गर्यो वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम

ग्रीन डेभलपमेण्ट बैंकले गर्यो वित्तीय साक्षरता सम्बन्धी...

वि.सं.२०८० फागुन ९ बुधवार ०५:०६

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक र पोखरा महानगरपालिका, व्यवसाय प्रवद्धनन...