CG Electronics
IME Life
Ncell NPL

सेयर बजार बढ्यो, नेप्से परिसूचक २०५२.६५ विन्दुमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सेयर बजार परिसूचकमा सुधार आएको छ । आइतबार नेप्से २२.१० अंकले बढ्दा परिसूचक २०५२.६५ विन्दुमा आइपुगेको छ ।

साताको पहिलो दिन ७० लाख ४३ हजार ४५७ कित्ता सेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँमा किनबेच भएको छ ।
१९४ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् ।

जलविद्युतबाहेक १२ उपसमूहका कम्पनीको सेयर मूल्य बढ्दा परिसूचक सकारात्मक विन्दुमा पुगेको हो । वीन नेपाल लघुवित्त र जाल्पा लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । महुली लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र उन्नति सहकार्य लघुवित्तको पनि सेयरमूल्य बढेको छ ।

सेयर सर्वाधिक कारोबार भएका कम्पनीको सूचीमा शिवम् सिमेन्ट अग्रणी छ । शिवम्को ४ लाख ३० हजार १ सय १३ कित्ता सेयर २२ करोड ९३ लाख २५ हजार ६ सय ४३ रुपैयाँमा किनबेच भएको छ ।

 

किनबेचमा सेयरको अन्तिम मूल्य प्रति कित्ता ५ सय ३७ रुपैयाँ रह्यो । यस्तै सोनापुर मिनरल्सको १८ करोड १३ लाख, जोशी हाइड्रोपावरको ७ करोड ९० लाख र हाथवे इन्भेष्टमेन्टको सेयर ७ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

१९४ कम्पनीको सेयरमूल्य बढ्दा ४६ वटाको भने घटेको छ । ४ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । सर्वाधिक घट्नेमा चिरख्वा हाइड्रोपावर रह्यो ।

 

चिरख्वाका लगानीकर्ताले ७.०६ प्रतिशतले गुमाएका छन् । घट्नेको सूचीमा पिपुल्स हाइड्रोपावर, जोशी हाइड्रोपावर, एनआइसी एसिया ग्रोथ फण्ड–२ र मध्यभोटेकोसी जलविद्युत पनि छन् ।
०००

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...