CG Electronics
IME Life
Ncell NPL

आगामी बजेटमा कृषिसँगै पर्यटन र उर्जालाई महत्व दिनुपर्छ : सांसद आलेमगर

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । राष्ट्रिय सभा सदस्य सरेश कुमार आलेमगरले नयाँ सत्ता समिकरण चुनौतिपुर्ण रहेको उल्लेख गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष (२०८१÷०८२) को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै माओवादीका सांसद आले मगरले सत्ता सहकार्य चुनौतिपुर्ण भएपनि संकटहरु चिर्दै सरकार अगाडि बढ्ने जिकिर गे ।

उनले भने, ‘सत्ता समिकरण फेरिपछि नयाँ साथिहरुसँग हाम्रो यात्रा तय भएको छ । उहाँहरुसँगै सहकार्यका साथ अगाडि बढ्नेछौं । यो यात्रा चुनौतिपुर्ण छ । तर, हामीलाई विश्वास छ विभिन्न संकटहरुलाई चिर्दै अगाडी बढ्नेछौं ।’

त्यस्तै, आलेमगरले प्रिबजेटमाथि आफ्ना धारणा राख्दै प्रस्ताविक बजेटमा कृषि र उर्जालाई समेट्नु पर्ने तथा उर्जा क्षेत्रको विकालाई पनि सँगसँगै प्राथमिकता साथ लानुपर्नेमा जोड दिए ।

‘ विधेयकमा राखिएका प्राथमिकता ठिकै भएपनि कृषि र उर्जालाई प्राथमिकता दिनुपर्दछ । कृषिलाई प्राथमिकता दिँदा एक नम्बरमा राखेपनि कृषिले मुलुकमा समृद्धि ल्याउन सक्दैन । कृषिका आधारमा कुनैपनि देश समृद्ध भएको मैले देखेको छैन । उर्जा र पर्यटनलाई सँगसँगै महत्व दिइनुपर्छ,’आलेमगरले भने ।

 

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...