CG Electronics
IME Life
NIMB

कपिलवस्तु जिल्लाका ७ स्थानिय तह सामाजिक सुरक्षा कोषमा आबद्ध

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने क्रममा लुम्बिनी प्रदेश अन्र्तगत कपिलवस्तु जिल्लाका ७ स्थानिय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।

चैत्र १ गते कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको स्थानिय तहसंगको १ दिने कार्यशाला गोष्ठी कार्यक्रमका दौरान कोष र ७ स्थानिय निकायका प्रतिनिधिवीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । आबद्ध हुने स्थानिय तहहरुमा वाणगगा नगरपालिका, बुद्धभुमी नगरपालिका , शिवराज नगरपालिका , कपिलवस्तु नगरपालिका , यशोधरा गाउपालीका , विजयनगर गाउपालिका र शुद्दोधन गाउपालिका रहेका छन् ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले सामाजिक सुरक्षा योजना कपिलवस्तुका सबै गाँउपालीकामा लागु गरिए मुलुकको समृद्धिमा महत्वपुर्ण योगदान रहने बताउनुभयो । साथै समाजवादी मार्गमा हिडाउने अभियानमा कपिलवस्तुका स्थानिय सरकारबाट अग्रसरता लिएको समेत उहाँले दाबी गर्नुभयो ।

सो अवसरमा बोल्नुहुदै बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले जहाँ असुरक्षा हुन्छ ,त्यहाँनै सामाजिक सुरक्षाको बलियो उपस्थिति रहनु पर्ने बताउनु भयो ।

बाणगंगाा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले अनौपचारिक क्षेत्रका श्रमिकको लागि कोषका कार्यक्रम निकै नै उपयोगी हुने देखेपछि आफ्नो नगरपालिकाले कोषमा आबद्ध हुने विषयमा सम्झौता गरेको बताउनुभयो ।

कोषका उपकार्यकारी निर्देशक पन्थीले सामाजिक सुरक्षा कोषले जुनसुकै अवश्थामा पनि आयको निरन्तरताको परिकल्पना गरेको बताउनुहुदै कोषको योजनामा सहभागी भई कपिलवस्तुका स्थानिय तहले देखाएको तत्परता सराहनिय रहेको उल्लेख गर्नुभयो । कोष सञ्चालन गर्ने योजनाका बारेमा स्थानिय तहहरुले देखाएको तत्परताले उत्साह थपेको समेत उहाँले बताउनुभयो ।

सो अवसरमा कोषका वरिष्ठ सहायक निर्देशक केदार ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सुरक्षा कोषका विभिन्न योजनाका बारेमा जानकारी दिनुभयो । कार्यक्रममा बोल्नुहुदै कोषका बुटवल शाखा प्रमुख खिम कार्कीले कपिलवस्तुका स्थानिय तहको कोषमा आबद्धतासंगै यसले देशभरमा स्थानिय तह कोषमा आबद्ध हुने सवालमा अझ सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।

 

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...