CG Electronics
IME Life
NIMB

सार्वजनिक प्रशासन शैलीका कारण जनतामा निराशा छाएको छ : अर्थमन्त्री पुन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक प्रशासनको कार्यशैलीका कारण जनतामा निराशा छाएको बताएका छन् । उनले जनतामा छाएको निराशालाई आशामा परिवर्तन गर्न सबैको साझा प्रयास आवश्यक हुने बताए ।

आइतबार नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री पुनले आमजनतामा सार्वजनिक प्रशासन, राजनीति, अर्थतन्त्रका क्षेत्र, बैंक तथा वित्तीय संस्था चारैतिर निराशामात्रै देखिएकाले त्यसलाई चिर्नु अहिलेको चुनौती भएको बताए ।

‘राजनीतिक नेतृत्वमा समस्या छन्, शुद्धीकरणको आवश्यकता हामी आफैंले महशुस गर्दै आएका छौँ । यही कार्यशैली रहिरहने हो भने आजको आवश्यकता पूरा गर्न सक्ने अवस्था छैन, राजनीतिक र प्रशासनिक शुद्धीकरण जरुरी छ,’ मन्त्री पुनले अघि भने, ‘३४ वर्ष अगाडि स्थापना भएको यही संस्थाको आज औचित्य सान्दर्भिक छ कि छैन ? राज्यले जम्मा गरेका लगानीकर्ता, प्रवर्तक र सञ्चालकहरु जम्मा भएर आजको बजार माग अनुसार हामी प्रतिस्पर्धा गर्न सक्छौं कि सक्दैनौँ ? समीक्षा गर्नुपर्ने अवस्था देखिएको छ ।’

मन्त्री पुनले देशका केही क्षेत्रमा सुधार र निकै राम्रो प्रगति भए पनि नकारात्मक पक्ष मात्रै बाहिर आएको बताए । उनले राजनीतिक नेतृत्वदेखि सार्वजनिक प्रसाशन र व्युरोकेसीसम्मको संयन्त्रमा देखिएका समस्यामाथि समाजले नै प्रश्न उठाइरहेकाले जनअपेक्षा अनुरसार काम गर्न कार्यशैलीमा परिवर्तनको खाँचो औंल्याए । उनले नागरिक लगानी कोषले पनि आफ्नो औचित्य पुष्टि गर्नुपर्ने समय आएको उल्लेख गरे ।

व्यक्ति, संस्था, प्रशासन, नेतृत्व, राज्य संयन्त्रमाथि प्रश्न उठेपछि जवाफदेही बन्नुपर्ने उल्लेख गरेका उनले प्रश्न उठ्दैमा डराउन नहुने तर सकारात्मक रुपमा अगाडि बढ्न प्रश्नबाटै प्रेरित हुनुपर्नेमा उनको जोड छ ।

‘राजनीतिमाथि प्रश्न, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, लघुवित्तमाथि प्रश्न, व्यवसायी, मिडिया, सहकारी, सबै सार्वजनिक संस्था, न्यायालयमाथि प्रश्न उठेको छ । यहाँहरु जो जहाँ जुन जिम्मेवारीमा हुनुहुन्छ सबैले कानून भन्दा माथि म छु भन्ने सोच्नु हुँदैन, यो कुरा हामी सबैले ख्याल गर्नुपर्छ,’ पुनले भने ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...