CG Electronics
IME Life
NIMB

ढुवानी व्यवसायी महासंघको अध्यक्षमा माधवप्रसाद नेपाल सर्वसम्मत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभाले व्यवसायी माधवप्रसाद नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

आइतबार काठमाडौंमा सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्ष,कोषाध्यक्ष र सचिवको चयन भने निर्वाचन प्रक्रियाबाट भएको थियो । दुई उपाध्यक्ष पदका लागि अरुणकुमार श्रेष्ठ, ध्रुब दाहाल खत्री,प्रदीप अर्याल, बालकृष्ण पोखरेल गरी ४ जनाको उम्मेद्वारी परेको थियो । निर्वाचनबाट अरुणकुमार श्रेष्ठ र प्रदीप अर्याल निर्वाचित भए । श्रेष्ठले ५१ मत र अर्यालले २९ मत ल्याएर उपाध्यक्षमा चुनिए ।

 

महासंघको वरिष्ठ उपाध्यक्षमा भने अच्युतराज खनाल सर्वसम्मत चयन भए ।
यस्तै सचिवमा केदार बानियाँ र धर्मराज पोखरेलले उम्मेद्वारी परेको थियो । जस्मा ३० मत प्राप्त गर्दै धर्मराज पोखरेल निर्वाचित हुँदा बानियाँको पक्षमा २४ मत परेको थियो ।

कोषाध्यक्षमा पनि दुईजनाको उम्मेदवारी परेकोमा पूर्णप्रसाद रेग्मीले ४३ पाएर विजयी हुँदा राजकुमार न्यौपानेको पक्षमा ११ मत मात्र परेको थियो ।

महासंघको महासचिवमा पुष्पराज श्रेष्ठ सर्वसम्मत चयन भए । श्रेष्ठ यस अघि महासंघको सचिव थिए । उनी सामान ढुवानी व्यवसायी संघ काठमाडौंको अध्यक्ष समेत हुन् ।

सह कोषाध्यक्ष पदमा टेकराज पोखरेल सन्तोष पनि सर्वसम्मत भए । पोख्रेल यस अघि कार्यसमिति सदस्य थिए ।
छैटौं महाधिवेशनले सात प्रदेशमा प्रदेश संयोजकहरु समेत सर्वसम्मत रुपमा चयन गरेको छ । निर्वाचित प्रदेश संयोजकहरुमा भोला पौडेल, कृष्णप्रसाद ढुंगेल ,सृजना तिमिल्सिना, सोमप्रसाद भट्टराई , दधिराम कोइराला, चेतराज जोशी र श्यामराज हमाल रहेका छन ।

साथै ९ जना कार्यसमिति सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन । जसमा दिलिप अर्याल ,सन्तोषकुमार कार्की, चिरञ्जीवी पौडेल, राजेशकुमार मल्लिक, दामोदर खराल , नीलकण्ठ थापा, कमलप्रसाद बिडारी, कमलराज ढुंगाना र कृष्णराज पौडेल रहेका छन ।

‘राष्ट्र निर्माणको आधार ,सुरक्षित ढुवानी समृद्ध व्यापार’ भन्ने नारालाई आत्मसाथ गरेर देशभरका ढुवानी व्यवसायीहरुलाई एकीकृत गर्ने र व्यवसायीहरुको साझा समस्याहरु समाधानका साथै हकहित संरक्षण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो । अहिले महासंघमा १८ वटा स्थानीय संस्थाहरु समेत आवद्ध रहेका छन् ।
निर्वाचित नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ ।

निर्वाचित भएसंगै अध्यक्ष नेपालले ढुवानी क्षेत्रका साझा मुद्दाहरुमा अन्य यातायात महासंघ तथा संघहरुसँंग हातेमालो गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारसँगको माग र मुद्दामा पनि गम्भीर बनेर अघि बढ्ने उनको कथन थियो ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...