CG Electronics
IME Life
NIMB

श्रममन्त्री अर्यालद्वारा टेलिमेडिसिन सेवाको अवलोकन चालु आवको आठ महिनामा १६३२ लिए टेलिमेसिन सेवा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार बोर्डले श्रमिकहरुको लागि सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवाको अवलोकन गर्नु भएको छ ।

बुधबार वीर अस्पताल पुगी मन्त्री अर्यालले टेलिमेडिसिन सेवाको बिषयमा जानकारी लिनु भएको हो ।
पछिल्लो समयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा स्वास्थ्य समस्या बढ्दै गएपछि श्रम मन्त्रालयले बोर्ड मार्फत टेलिमेडिसिन सेवा शुरु गरेको हो ।

बोर्डले गत २०७९ चैत १० गते देखि सेवा सञ्चालनमा ल्याएको हो । बोर्डले वीर अस्पतालबाट नै यो सेवा सञ्चालन गर्दै आएको छ । श्रमिकले फेसबुक, ह्वाटएप, भाईवर, ईमो लगायतका सामाजिक सञ्जाल मार्फत सम्पर्क गरी यो सेवा लिन सक्नेछन । टेलिमेडिसिन सेवा सम्बन्धी जानकारी लिदै मन्त्री अर्यालले यो सेवालाई अझै चुस्त तथा प्रभावकारी बनाईने बताउनु भयो ।

बोर्डको सहकार्यमा वीर अस्पतालले विहान १० बजे देखि बेलुका ६ बजेसम्म यो सेवा सञ्चालन गर्दे आएको छ । टेलिमेडिसिन सेवाका लागि मेडिकल अधिकृत र हेल्थ असिस्टेन्ट नियमित खटाईएको छ । प्रत्येक साताको शुक्रबार र आईतबार श्रमिकको स्वास्थ्य समस्याको आधारमा विशेषज्ञ चिकित्सक समेत उपलब्ध गराईन्छ । अहिले दैनिक २५ देखि ३० जना श्रमिकले टेलिमेडिसिन सेवा लिई रहेका छन् ।

हालसम्म १८ वटा मुलुकमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् । अस्पतालले विभिन्न ११ प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।

चालु आर्थिक बर्ष २०८०÷८१ को फागुन महिनासम्ममा एक हजार ६३२ जना श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् । जसमध्ये मलेसियाबाट ३९४, साउदी अरब ३१०, युएई १९२, कतार १७५, कुवेत १७१, कोरिया १५७, ओमान ५७, साईप्रस ५३, जापान ४०, रोमानिया ३५, बहराइन १२, जाम्बिया १०, जर्मनी ९, माल्दिभ्स ७, इराक ४, माल्टा ३, युके १० र अफ्रिकाबाट एक जना श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् ।

टेलिमेडिसिनमा सेवा मार्फत ४०० जना श्रमिकलाई स्वास्थ्य तथा औषधी सम्बन्धी परामर्श उपलब्ध गराईएको छ ।

२७३ जनालाई सर्जरी सम्बन्धी परामर्श, १८३ अर्थोपेडिक, २१७ जनालाई ईएनटि, १२५ छाला सम्बन्धी, २३५ मानसिक समस्या, १९ आँखा सम्बन्धी, ३१ दाँत सम्बन्धी, ४२ जनालाई पेट सम्बन्धी, ४४ जनालाई युरोलोजी सम्बन्धी र ६३ अन्य विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराईएको छ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...