IME Life
NIMB

होण्डाले नेपाली बजारमा भित्र्यायो एनएक्स २००

NIMB
Himalayan Bank

काठमाडौं । दुई पाङ्ग्रे सवारीसाधनमा नेपालमा सर्वाधिक विक्री हुने होण्डाले आफ्नो नयाँ बाइक एनएक्स २०० नेपाली बजारमा ल्याएको छ ।

 

एनएक्स २०० बाइक सिटी राइडिङ र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त भएको कम्पनीले जनाएको छ । यसको ‘अप-राइट पोजिशन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ले आरामदायी यात्रा सुनिश्चित गर्ने दाबी कम्पनीको छ ।

एनएक्स २०० मा उपलब्ध ‘वाइण्ड भाइजर’ र ‘एलईडी विङ्कर’ सहितको ‘नकल कभर’ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको छ ।

‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्ने गरी चाबी हाल्ने ठाउँ ट्याङ्कीमै हुनु पनि यसको थप विशेषता हो । यसमा रहेको ‘फ्रन्ट ए बी एस सिस्टम’ र ‘डूअल पेटल डिस्क ब्रेक’ले चाहेको बेला रोक्न सक्ने क्षमता राख्दछ, जुन स्वतन्त्र र निस्फिक्री यात्राको लागि अत्यावस्यक हुन्छ।

१० वर्ष सम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङ्गहरुमा उपलब्ध यो बाइकको सुरुवाती विक्री मूल्य ४,७९,९०० मात्र तोकिइएको छ । औपचारिक बिक्री वितरण यही चैत्र १५, २०८० बाट सुरु गरिसकेको छ।

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

नाइमा एक्सपोमा एथरको विशेष अफर, लक्की ड्रबाट नयाँ स्कुटर

नाइमा एक्सपोमा एथरको विशेष अफर, लक्की ड्रबाट...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१२

काठमाडौं । आगामी साउन २६ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी...

यामाहा नेपालको ‘पार्ट्नर्स मीट २०२६’ थाइल्याण्डमा सम्पन्न

यामाहा नेपालको ‘पार्ट्नर्स मीट २०२६’ थाइल्याण्डमा सम्पन्न

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:००

काठमाडौं । यामाहा नेपालले आफ्नो ‘पार्ट्नर्स मीट २०२६’ थाइल्याण्डमा सफलतापूर्वक...