CG Electronics
Ncell NPL
TATA Banner

सुदूरपश्चिमको मुख्यमन्त्री दाबी गर्न आज साँझ ५ बजेसम्मको समय

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

धनगढी । सत्ता गठबन्धन दलको खटपट मिलाउन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले पुनः संविधानको धारा १६८ (२) अनुसारकै मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय दिएका छन् ।
यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले गरेको दाबी खारेज गर्दै प्रदेश प्रमुख मियाँले सत्ता गठबन्धनका शीर्ष नेताहरूले काठमाडौंमा गरेको सहमतिका आधारमा प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः संविधानको धारा १६८ (२) कै व्यवस्थालाई पछ्याएका हुन् ।

यसअघि सोही धारालाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान भएकोमा नागरिक उन्मुक्तिका दुई जना सांसदहरू लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले बेग्ला बेग्लै समर्थक जुटाएर दाबी पेश गरेका थिए ।

एउटै पार्टीबाट दुई जनाको दाबी परेको र त्यसमाथि पनि केन्द्रीय सत्ता गठबन्धनको प्रतिकूल हुने गरी गठबन्धन बन्दै गरेको अवस्थामा दुई दिनसम्म प्रदेश प्रमुख मियाँले अन्योलमा राखेर कुनै निर्णय गरेनन् । मंगलबार विहान प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं सत्ता गठबन्धन दलभित्र छलफल गरेर एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन समझदारी गरेपछि प्रदेश प्रमुख मियाँले पहिलेका दाबी खारेज गरेर नयाँ आह्वान गरेका हुन् ।

मंगलबार साँझ आह्वान गरिएको पत्रमा मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार साँझ ५ बजेसम्मको समय दिइएको छ । अब सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनले बुधबार सोडारीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी गरेको छ ।

‘गठबन्धनले हाम्रो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । त्यहीअनुसार दलहरूको समर्थन लिएर मुख्यमन्त्रीको लागि दाबी गर्दैछौँ,’ सोडारीले भने ।

एकीकृत समाजवादीका सोडारीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद समेतको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

प्रदेश प्रमुखले पुनः दाबी पेस गर्ने समय दिएपछि कांग्रेस र नागरिक उन्मुक्तिको एउटा पक्ष भने असन्तुष्ट बनेका छन् ।

CG Electronics
कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:२८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले...

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:१५

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर...

वि.सं.२०८२ मंसिर २१ आइतवार २१:५९

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

प्रेस काउन्सिल अध्यक्ष डा.शर्मालाई नियुक्तिपत्र, इतिहासमा रेकर्ड हुनेगरी काम गर्न आग्रह

प्रेस काउन्सिल अध्यक्ष डा.शर्मालाई नियुक्तिपत्र, इतिहासमा रेकर्ड...

वि.सं.२०८२ मंसिर २१ आइतवार २०:५२

काठमाडौं । सरकारले प्रेस काउन्सिलका अध्यक्षमा डा. कुमार शर्मालाई नियुक्त...

ढुकुर जोडीले शाखा अधिकृतमा सँगै यसरी निकाले नाम

ढुकुर जोडीले शाखा अधिकृतमा सँगै यसरी निकाले...

वि.सं.२०८२ मंसिर २१ आइतवार २०:१८

  काठमाडौँ । नेपाली समाजमा श्रीमान् श्रीमतीलाई एउटै रथका दुई...

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन् : शिक्षामन्त्री पुन

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन्...

वि.सं.२०८२ मंसिर २१ आइतवार ०९:२४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका...