Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

 

कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरि एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।

पोखरा विश्वविद्यालय, शिक्षण अस्पतालमा शुक्रवार पोखरा विश्वविद्यालयका उपकुलपती प्रा.डा. प्रेम नारायण अर्यालज्यूको प्रमुख आतित्थ्यतामा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त स्वास्थ्य प्रयोगशाला उपकुलपती अर्यालको समुपस्थितीमा कामना सेवा विकास बैंकका संचालक बलराम बरालले विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक वहादुर भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै उपकुलपती अर्यालले विश्वविद्यालयको सर्वाङ्गीण विकास, कर्मचारीहरुले प्राप्त गर्ने बैंकिङ सेवामा कामना सेवा विकास बैंकको उत्कृष्ट योगदान भएको बताउनुभयो । विश्वविद्यालय स्थापना देखी नै शिक्षण अस्पताल स्थापनाको सपना देखिएको भएतापनी हाल शिक्षण अस्पतालले १०० शैयाको संचालन अनुमती प्राप्त गरिसकेको जानकारी गराए ।

१०० शैयाको अनुमती प्राप्त गर्नको लागि अनिवार्य आवश्यक भएको उक्त स्वास्थ्य प्रयोगशाला निर्माण गरिदिएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । सोही कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.दिपक वहादुर भण्डारीले बैंकले आफ्ना विभिन्न कार्यक्रमहरुमा विश्वविद्यालयलाई पु¥याएको योगदानको कदर गरेका थिए ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै कामना सेवा विकास बैंकका संचालक बलराम बरालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विश्वविद्यालयसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे ।

विश्वविद्यालयको शैक्षिक विकास, कर्मचारीहरुको वित्तीय पहुँच तथा वित्तीय सेवा, सामाजिक सेवा तथा विद्यार्थीहरुको शैक्षिक भविष्यको साझेदार बन्न पाएकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले खुशी व्यक्त गरे ।

साथै, प्रमुख कार्यकारी अधिकृत थकालीले आगामी दिनहरुमा विश्वविद्यालयसँग साझेदारी गर्दै अन्य कार्यक्रमहरुमा समेत साझेदारी गर्ने समेत बताए । उक्त कार्यक्रम शिक्षण अस्पतालका निर्देशक डा.दिपेन्द्र यादवको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा विभिन्न संकायका डिन, निर्देशक तथा बैंकका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सोही कार्यक्रमका बिच कामना सेवा विकास बैंक र पोखरा विश्वविद्यालयविच वित्तीय सेवा सुविधा प्रदान सम्बन्धी औपचारीक समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ ।

उक्त समझदारीपत्रमा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा.डा.दिपक बहादुर भण्डारी र बैंकको तर्फवाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्ताक्षर गर्नुभएको छ । उक्त समझदारी पश्चात विश्वविद्यालयका प्राध्यापक, कर्मचारीहरुलाई बैंकले सहुलियत रुपमा विभिन्न अत्याधुनिक वित्तीय सेवा प्रदान गर्नेछ ।

हाल पोखरा विश्वविद्यालयले देशैभरका विभिन्न ५८ वटा क्याम्पसहरुलाई सम्वन्धन प्रदान गरि उक्त क्याम्पसहरु तथा विश्वविद्यालयको केन्द्रीय क्याम्पसवाट विभिन्न २६ वटा कार्यक्रममा अध्यापन गराउदै आएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवमा वित्तीय साक्षरता...

वि.सं.२०८१ माघ ४ शुक्रवार ०८:०४

  काठमाडौँ। माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा क्यापिटलको...

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४० सिरिज

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४०...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५५

  काठमाडौं । स्मार्टफोन विश्वबजारको अग्रणीे ब्रान्ड भिभाले नवीन डिजाइन,...

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५०

सुर्खेत। नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४८

काठमाडौं । “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम...

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

बीमा के हो ? जीवन र निर्जीवन बीमावीचको भिन्नता र महत्व बुझौँ

बीमा के हो ? जीवन र निर्जीवन...

वि.सं.२०८१ माघ १ मंगलवार १०:०८

  काठमाडौँ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा...