CG Electronics
IME Life
NIMB

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।

यस सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकहरूले नेशनल पेमेन्ट इन्टरफेसको माध्यमबाट भारतमा रहेको आफ्नो बैंक खातामा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।

त्यसैगरी, भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूले पनि यूनिफाइड पेमेन्ट इन्टरफेसको माध्यमबाट नेपालमा रहेको आफ्नो बैंक खाताहरूमा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेशकुमार पंडा र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा एनसीएचएलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी र व्यवसाय प्रवर्द्धन अधिकृत, मनिषकुमार पटेल तथा बैंकका तर्फबाट प्रमुख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल, मुख्य प्रबन्धक, सुरज मानन्धर लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...