IME Life
NIMB

पञ्चकन्या स्टीललाई ग्रिन प्रो प्रमाणपत्र प्राप्त

NIMB
Himalayan Bank

 

काठमाडौँ । पञ्चकन्या स्टील प्रा. लि.ले गर्वका साथ घोषणा गर्दछ कि यसको ५०० एक्सडि र ५५० एक्सडि रिबार (फलामे छड) हरूले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको एक महत्पूर्ण उपलब्धि हो । कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ – सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गर्दछ ।

ग्रिनप्रो इकोेलेबललाई ग्लोबल इकोेलेबललिङ नेटवर्क (GEN) द्वारा जेनिसेश- GEN’s को अन्तर्देशीय रूपमा समन्वित इकोेलेबललिङ प्रणाली मार्फत मान्यता प्राप्त छ। ग्रिनप्रो प्रमाणपत्र प्राप्त स्टील रिबारहरूले प्रयोगकर्ताहरूका लागि महत्वपूर्ण फाइदाहरू ल्याउँछन् । यी रिबारहरूले हरित भवन प्रमाणपत्रहरू प्राप्त गर्न मान्यता र ख्याति प्राप्त हुन्छ, स्रोतको खपत घटाएर उत्पादनमा सुधार गर्दछ र विषाक्त पदार्थहरू हटाएर सुरक्षालाई सुनिश्चित गर्दछ । संरचनात्मक डिजाइनरहरूको लागि, यी उच्च गुणस्तरका फिलामे डण्डीहरूले राम्रो डिजाइनलाई समर्थन गर्दछ, टिकाउपना बढाउँछ, विश्वास जगाउछ र निर्माण लागत तथा प्रभावकारिता र निर्माणको गति बढाउँछ । निर्माताहरूका लागि ग्रीनप्रो प्रमाणपत्रले उत्पादनहरूलाई प्रतिस्पर्धीहरूबाट फरक पार्दछ, नवप्रवर्तनलाई प्रोत्साहित गर्दछ, स्रोत संरक्षण बढाउँछ र वातावरणीय उत्कृष्टता कायम गर्दछ ।

सम्पूर्ण पञ्चकन्या परिवार यो मान्यताबाट अत्यन्त गौरवान्वित छ, जसले नवप्रवर्तन र उत्कृष्टताप्रति समूहको निरन्तर प्रतिबद्धतालाई प्राथमिकतामा राख्दछ । पाँच दशकभन्दा बढीको अनुभव सहित, पञ्चकन्या समूहले दिगो उत्पादन र अभ्यासका लागि नयाँ मापदण्डहरू स्थापित गर्दै उद्योगलाई नेतृत्व गर्न जारी राखेको छ, गुणस्तर र वातावरणीय जिम्मेवारीलाई हातेमालो गर्दै बजारको सुनिश्चित गर्दछ । पञ्चकन्या समूहले वातावरणीय उत्तरदायित्व र गुणस्तरलाई प्राथमिकता दिदै भविष्यमा पनि आफ्नो नवप्रवर्तनशील उत्पादनहरू र दिगो विकासको लक्ष्यप्रति दृढ रहनेछ ।

पञ्चकन्या स्टीलको ५०० एक्सडि र ५५० एक्सडि रिबारहरू भैरहवामा निर्माण हुन्छ । यो प्रमाणपत्रले पञ्चकन्या स्टीलको दिगो निर्माण सामग्रीहरूमा अग्रणीको रूपमा स्थिति अझ बलियो बनाएको छ र यसले नेपालमा हरित क्रान्तिलाई समर्थन गर्दछ ।

 

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी   च्याम्पियन

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६

  काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...