Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलता

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । नेपाली खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलताको बारेमा हामी सबैजना जानकार नै छौं।

एसिया कप, विश्वकप लिग र विश्वकप खेलेर नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ यसमा हामी सारा नेपाली गौरवान्वित भएका छौं।

विश्व मन्चमा नेपालले देखाएको दरिलो उपश्थिति र क्रिकेटको माध्यमबाट नेपालको राष्ट्रिय झण्डाको सान बढाएकोमा खेलाडी, प्रशिक्षक, पदाधिकारी, समर्थक र समग्र नेपाली क्रिकेटलाई हाम्रो यस संस्था इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी काठमाडौंको तर्फबाट धन्यवाद दिन चाहन्छौं।

देशको आर्थिक, राजनीतक परिवेशले देशका भविष्य युवाहरु विदेश पलायन हुनु पर्ने बाध्यात्मक परिश्थिति हामीबाट लुकेको छैन जग जाहेर नै छ।

यहाँ सम्म कि खेलकुद क्षेत्र पनि यस बाट अछुतो छैन यहाहरु यस कुराको अँझ बिशेष जानकार हुनुहुन्छ। मुलत: रोजगार र शैशिक दक्षताका लागि नेपाली युवाहरुको गन्तब्य बिदेशी भुमि बन्दै आएको छ।

तसर्थ विदेश पढ्न जाने बिद्यार्थीहरुको आवस्यकतालाई ध्यान दिदै बिगत ५ बर्षदेखि इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी काठमाडौंले परामर्शदाताको रुपमा सहजीकरण गर्दै आइरहेको छ।

हाल देशका प्रमुख सहरबाट र अन्तराष्ट्रिय बजारको सम्भावना देख्दै न्यू साउथ वेल्स, अष्ट्रेलियाबाट पनि सेवा विस्तार गरेको यस संस्थाको उद्दश्य गुणस्तरीय सेवा प्रवाह गरि बिद्यार्थीलाई उनीहरुको सपना पुरा गर्न सजिलो होस् भन्ने हो।

पछिल्लो समय राष्ट्रका गहना मानिने खेलाडीलाई उहाहरुको मनोबल बढाउन निजि संघ संस्थाहरुले विभिन्न रुपमा सहकार्य गरेर अगाढी बढिरहेका छन्।

यस क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपुर्ण सदस्य एवम् ओपनिङ्ग wicketkeeper ब्याटर आशिफ सेखलाई इलाइट मुभर्स एजुकेशन कन्सल्टेन्सीले आफ्नो सद्भावना दुतको रुपमा सम्झौता गरेको छ।

यस सम्झौताबाट दिर्घकालिन सहकार्य बढ्ने र एक आपसमा मिलेर नेपालको खेल क्षेत्र र शैक्षिक क्षेत्रको बिकासमा मदत पुग्ने विश्वास पनि लिएको छ। यो सम्झौता हाललाई २ बर्षको रहनेछ र आवस्यकता बमोजिम एक आपसको समझदारीमा सम्झौता बढाउदै जाने कुरा जानकारी गराउदछौं।

यस अवधिमा इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीका ब्रान्ड एम्बासडर आशिफ सेखले यस संस्थालाई विभिन्न माध्यमबाट प्रतिधित्व गरि संस्थाका गतिबिधिको प्रचारप्रसारको लागि सहयोग गर्नु हुनेछ। नेपालि क्रिकेटका अनुशाशित र लोकप्रिय खेलाडी आशिफ सेखलाई ब्रान्ड एम्बासडरको रुपमा जोड्न पाउदा हामी उत्साहित छौं।

अन्त्यमा, ब्यस्त समयका बावजुत हाम्रो निमन्त्रणालाई स्वीकार गरि यहा आएर गरिमामय उपस्थिति जनाउनु भएकोमा यहाहरुप्रति आभार व्यक्त गर्न चाहन्छौं ।

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

वि.सं.२०८१ फागुन ६ मंगलवार १५:०६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा...

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत क्षेत्र अन्यौलमा छ, १८ महिनादेखि आइपीओ रोकियो : इप्पान अध्यक्ष कार्की

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत...

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:४८

  ६ फागुन, काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल...

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल विजयी

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३३

काठमाडौं । नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल...

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाकको...

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैन : मन्त्री पौडेल

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२९

काठमाडौं । बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त...

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२१

  काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले चितवन स्थित...