CG Electronics
IME Life
NIMB

खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नेपाली खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलताको बारेमा हामी सबैजना जानकार नै छौं।

एसिया कप, विश्वकप लिग र विश्वकप खेलेर नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ यसमा हामी सारा नेपाली गौरवान्वित भएका छौं।

विश्व मन्चमा नेपालले देखाएको दरिलो उपश्थिति र क्रिकेटको माध्यमबाट नेपालको राष्ट्रिय झण्डाको सान बढाएकोमा खेलाडी, प्रशिक्षक, पदाधिकारी, समर्थक र समग्र नेपाली क्रिकेटलाई हाम्रो यस संस्था इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी काठमाडौंको तर्फबाट धन्यवाद दिन चाहन्छौं।

देशको आर्थिक, राजनीतक परिवेशले देशका भविष्य युवाहरु विदेश पलायन हुनु पर्ने बाध्यात्मक परिश्थिति हामीबाट लुकेको छैन जग जाहेर नै छ।

यहाँ सम्म कि खेलकुद क्षेत्र पनि यस बाट अछुतो छैन यहाहरु यस कुराको अँझ बिशेष जानकार हुनुहुन्छ। मुलत: रोजगार र शैशिक दक्षताका लागि नेपाली युवाहरुको गन्तब्य बिदेशी भुमि बन्दै आएको छ।

तसर्थ विदेश पढ्न जाने बिद्यार्थीहरुको आवस्यकतालाई ध्यान दिदै बिगत ५ बर्षदेखि इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी काठमाडौंले परामर्शदाताको रुपमा सहजीकरण गर्दै आइरहेको छ।

हाल देशका प्रमुख सहरबाट र अन्तराष्ट्रिय बजारको सम्भावना देख्दै न्यू साउथ वेल्स, अष्ट्रेलियाबाट पनि सेवा विस्तार गरेको यस संस्थाको उद्दश्य गुणस्तरीय सेवा प्रवाह गरि बिद्यार्थीलाई उनीहरुको सपना पुरा गर्न सजिलो होस् भन्ने हो।

पछिल्लो समय राष्ट्रका गहना मानिने खेलाडीलाई उहाहरुको मनोबल बढाउन निजि संघ संस्थाहरुले विभिन्न रुपमा सहकार्य गरेर अगाढी बढिरहेका छन्।

यस क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपुर्ण सदस्य एवम् ओपनिङ्ग wicketkeeper ब्याटर आशिफ सेखलाई इलाइट मुभर्स एजुकेशन कन्सल्टेन्सीले आफ्नो सद्भावना दुतको रुपमा सम्झौता गरेको छ।

यस सम्झौताबाट दिर्घकालिन सहकार्य बढ्ने र एक आपसमा मिलेर नेपालको खेल क्षेत्र र शैक्षिक क्षेत्रको बिकासमा मदत पुग्ने विश्वास पनि लिएको छ। यो सम्झौता हाललाई २ बर्षको रहनेछ र आवस्यकता बमोजिम एक आपसको समझदारीमा सम्झौता बढाउदै जाने कुरा जानकारी गराउदछौं।

यस अवधिमा इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीका ब्रान्ड एम्बासडर आशिफ सेखले यस संस्थालाई विभिन्न माध्यमबाट प्रतिधित्व गरि संस्थाका गतिबिधिको प्रचारप्रसारको लागि सहयोग गर्नु हुनेछ। नेपालि क्रिकेटका अनुशाशित र लोकप्रिय खेलाडी आशिफ सेखलाई ब्रान्ड एम्बासडरको रुपमा जोड्न पाउदा हामी उत्साहित छौं।

अन्त्यमा, ब्यस्त समयका बावजुत हाम्रो निमन्त्रणालाई स्वीकार गरि यहा आएर गरिमामय उपस्थिति जनाउनु भएकोमा यहाहरुप्रति आभार व्यक्त गर्न चाहन्छौं ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...