CG Electronics
Ncell NPL
TATA Banner

निर्माण व्यवसायीहरूको अरबौं रकम असार मसान्तमा समेत राज्यले दिएन

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

काठमाडौँ । नेपाल निर्माण ब्यवसायी महासंघले राज्यले असार मसान्तमा समेत निर्माण व्यवसायीहरूको अरबौं रकम नभदिएको भन्दै गुनासो गरेको छ । बिहिबार एक पत्रकार सम्मेलन गर्दै निर्माण ब्यवसायी महासंघले प्रधानमन्त्री सम्बन्धित् मन्त्रीहरूको पटक पटकको प्रतिबद्धता विपरित असार मसान्तमा समेत निर्माण व्यवसायीहरूको अरबौं रकम भुक्तानी नहुँदा ’सप्लाई चेन’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने स्थिति रहेको बताएको हो ।

बैंकको किस्ता र अन्य कर तिर्न नसकी हजारौं व्यवसायीहरू मारमा परेको महासंघको भनाइ रहेको छ । उनीहरूमा आश्रित उद्योग तथा परिवारमा समेत ठूलो मनोवैज्ञानिक दबाब परेको र निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा समग्र अर्थतन्त्रमा परेको नकारात्मक असर परेको महासंघको ठहर छ ।

‘निर्माण व्यवसायीहरूले निर्माण कार्य सम्पन्न गरे बापतको गत आर्थिक वर्ष २०७९ /८० र चालू आर्थिक वर्ष २०८०/०८१ को ठूलो रकम असार मसान्त भइसक्दा समेत रकमान्तर र भुक्तानी फुकुवा नभएको कारण ठूलो मात्राको रकम अझै निकासा हुन नसकेकाले समग्र निर्माण उद्योगमा अत्यन्त विकराल अवस्था उत्पन्न भएको अवस्था प्रति यस महासंघको पुनः गम्भीर ध्यानाकर्षण भएको व्योहरा अवगत गराउँदछौं । सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन जारी भए पश्चात् म्याद थप भएपछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करीब रु. ४० अर्ब र चालू आयोजनाहरूको निर्माण कार्यहरूमा बजेट अपुग तथा निकास नभएको कारण लामो समय अघि देखि बाँकी भएको करीब रु २० अर्ब गरी व्यवसायीहरूको करीब ६० अर्ब रकम भुक्तान हुनुपर्ने मध्ये विभिन्न विकासे मन्त्रालयबाट करीब ३५ अर्ब मात्र रकमान्तर माग भएको र सो मध्ये करीब १५ अर्ब मात्र रकमान्तर भएको छ । साथै सो १५ अर्ब रकम रकमान्तर भएको मध्येपनि एक अर्ब १४ करोड इन्ट्री गर्न नभ्याइएको स्थिति अवगत गराउँदछौं’ महासंघले भन्यो ।

विशेषगरी आर्थिक वर्षको अन्त्यमा आएर अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता नभई ठेक्का लगाएकाले रकमान्तर गर्न नसकिने जनाउ दिएका कारण हजारौं व्यवसायीहरू टाट पल्टिने अवस्थामा पुगेका गरेको महासंघको भनाइ छ । महासंघका महासचिव रोशन दाहालले भने, ‘खानेपानी, सिंचाई, शहरी विकास मन्त्रालयका आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभाग अन्तर्गत पुल सहित स्थानीय सडक आयोजना निर्माण गरेका व्यवसायीहरू यो समस्याबाट अझ प्रताडित भएका छन् । राज्यले ठेक्का लगाइसकेपछि निर्माण व्यवसायीहरूले त्यसमा प्रतिस्पर्धा गरी ठेक्का लिने र आयोजना पूरा भएपछि व्यवसायीहरूलाई भुक्तानी दिनुपर्ने सामान्य नियम विपरित राज्यका अन्तर निकायबीचको समन्वय अभावमा व्यवसायीहरूलाई ठाडै मार पर्ने गरी राज्य प्रस्तुत हुँदा निर्माण उद्योगमा विगतमा कहिल्यै नदेखिएको विकराल समस्या मात्र उत्पन्न भएको छैन, राज्यप्रतिको हामी व्यवसायीको विश्वास समेत डगमगाएको छ । मानसिक रुपमा विक्षिप्त हुँदै केही व्यवसायीले ’आत्मदाह’ गरिसकेको छन् ।’

‘यसरी व्यवसायीहरूलाई समयमा भुक्तानी नदिने हो भने राज्यबाट ठेक्का लगाउने परिपाटी नै गलत भएको नजिर स्थापित हुनु राज्यका लागि नै दुःखद अवस्था भएको महासंघको ठहर छ । राज्यले ठेक्का लगाइसकेपछि, त्यसमा स्रोत सुनिश्चितता छ कि छैन भनेरे बुझने दायित्व निर्माण व्यवसायीको होइन, सरकारी काम लगाएपछि कुनै पनि हालतमा भुक्तानी दिनु राज्यकै कर्तव्य हो । तर यो सर्वमान्य सिद्धान्तको आधारमा राज्यकै निकायबाट उपहास भएकाले हजारौं निर्माण व्यवसायीहरूको उठिवास हुने गरी भयावह अवस्था देखिएको छ । त्यसैले अबको दिनमा निर्माण व्यवसायीहरू मात्र चौतर्फी मारमा पर्ने गरी गैरकानूनी ढंगले ठेक्का लगाउने निकाय र त्यस्ता निकायलाई अनावश्यक दबाब दिने राजनीतिक नेतृत्वलाई पनि कार्वाहीको भागिदार बनाइनुपर्ने यस महासंघको स्पष्ट माग राख्न चाहन्छौं’दाहालले भने ।

यसरी नेपाल सरकारको कानून अनुसार २०८१ असार २४ गते सम्म मात्र भुक्तानी हुने हुँदा अहिलेसम्म रकमान्तर नभई ठूलो रकम भुक्तानी रहेको र विगत केही दिनदेखिको अवरिल वर्षाका कारण धेरै ठाउँमा बाढी पहिरो गई आवतजावतमा अवरोध खडा भएकाले संघीय, प्रदेश र स्थानीय सरकार अर्न्तगतका आयोजनाहरूलाई समेत हुने गरी सो कानूनमा संशोधन गर्दै यही २०८१ असार मसान्तसम्म व्यवसायीहरूको सकै रकम भुक्तान हुने गरी भुक्तानी निकासा फुकुवाको व्यवस्थाका लागि महासंघ यसै पत्रकार सम्मेलन मार्फत् सम्बन्धित् कार्यालयलाई आवश्यक निर्देशन गरिदिनु महासंघले अनुरोध गरेकोछ । व्यवसायीहरूको रकम भुक्तान नभएसम्म नयाँ टेण्डरहरू ननिकाल्न र बजेट सुनिश्चितता नभएका, भुक्तानी लगायतका समस्याले पूरा हुन नसकेका ठेक्काहरू कानून बमोजिम सुविस्ताका आधारमा अन्त्य गरी फरफारक गरिदिने व्यवस्थाका लागि पनि अनुरोध गरेको छ । साथै विगत केही वर्ष अघि देखि जटिल बन्दै गएको निर्माण उद्योगको भुक्तानी सम्बन्धी समस्यालाई स्थायी रुपमा समाधान गर्नका लागि निर्माण व्यवसायीहरू समेतको संलग्नतामा ठोस रणनीति तय गर्न महासंघ सरकार समक्ष जोडदार माग गरेको छ ।

CG Electronics
रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद् स्वीकृति

रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन...

वि.सं.२०८२ मंसिर २० शनिवार १३:३९

  काठमाडौँ । सरकारले रिद्धि सिद्धि सिमेन्ट लिमिटेडलाई मकवानपुर जिल्लाको...

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

वि.सं.२०८२ मंसिर २० शनिवार १२:५४

  काठमाडौँ । सरकारले मंसिर १५ गते सोमबार बसेको मन्त्रिपरिषद्...

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार गर्दै मन्त्री खरेल

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४८

  पाटन,ललितपुर। योमरी पुन्हिको अवसरमा भीड भरिएको बंगलामुखी परिसरमा संघीय...

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४१

  काठमाडौं । भारत र रूसले आफ्नो ‘विशेष र विशेषाधिकारयुक्त...

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर अधिकारीसँग अन्तरक्रिया

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:२१

  इटहरी । नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते...

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष बादल

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष...

वि.सं.२०८२ मंसिर १९ शुक्रवार २१:५०

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको...