Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मिस युनिभर्स नेपालको आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आईएमई बैंक

 

 

काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आईएमई बैंक भित्रिएको छ । नेपालमा २०२० देखि सुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ।

यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया सुरु भइसकेको छ भने ग्रान्ड फिनाले भाद्रको दोश्रो हप्तातिर हुने भएको छ ।

अडिसनमा नेपाली र एनआरएनको उत्साहजनक सहभागिता रहेको आयोजक ग्लोबल ग्लामर भेन्चरले बताएको छ । कार्यक्रमको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले यस वर्ष ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय महिलाहरू र डाक्टर, इन्जिनियर, पाइलट लगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता भएको जनाएको छ ।

प्रारम्भिक चरणको आवेदन छनोट प्रकृयामा ६० जनालाई फिजिकल अडिसनको लागि शर्टलिस्ट गरिएको र त्यसबाट ३५ जनालाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

यस सहकार्यबारे बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गिता पुरीज्युले भने, ‘ग्लोबल आईएमई बैंकसँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौं । यस सहकार्यले विविधतालाई प्रवद्र्घन गर्ने हाम्रो प्रतिबद्धतालाई थप जोड मिलेको छ । यो साझेदारी प्रायोजन मात्र नभएर महिला सशक्तिकरणमा समर्पित दुई संस्थाहरूको सहकार्य हो ।’

त्यस्तै ग्लोबल आईएमई बैंकका प्रमुख मार्केटिङ अफिसर दिलिप पोखरेलले भने, ‘मिस युनिभर्स नेपाल २०२४ सँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । ग्लोबल आईएमई बैंक समाजको प्रगति र महिला सशक्तिकरण गर्ने पहलहरूलाई सदैव समर्थन गर्दछ । हामीले हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ नारी पहल, मेरी उनीलाई र छात्रालाई छात्रवृत्ति जस्ता कार्यक्रमहरु गरेर महिलाहरुको आर्थिक शैक्षिक लगायत समग्र सशक्तिकरणमा पहल गर्दै आईरहेका छौं ।’

यो वर्ष प्रशिक्षणको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षकहरु राखिएको आयोजकले जनाएको छ । प्रशिक्षणको लागि एलेक्जेन्डर गोन्जालेज र लुइस पोर्टेलिस रहेका छन् । एलेक्जेन्डर इन्टरन्यासनल इमेज कन्सल्टेन्ट र पेजेन्ट कोरियोग्राफर हुन् भने लुइस पेजेन्ट एनालिस्ट हुन् ।

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार...

वि.सं.२०८२ असार ३० सोमवार १६:३८

काठमाडौं । महालक्ष्मी विकास बैंकको यही असार २० गते बसेको...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

वि.सं.२०८२ असार ३० सोमवार १६:२६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी...