CG Electronics
IME Life
NIMB

मिस युनिभर्स नेपालको आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आईएमई बैंक

NIMB
Himalayan Bank

 

 

काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आईएमई बैंक भित्रिएको छ । नेपालमा २०२० देखि सुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ।

यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया सुरु भइसकेको छ भने ग्रान्ड फिनाले भाद्रको दोश्रो हप्तातिर हुने भएको छ ।

अडिसनमा नेपाली र एनआरएनको उत्साहजनक सहभागिता रहेको आयोजक ग्लोबल ग्लामर भेन्चरले बताएको छ । कार्यक्रमको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले यस वर्ष ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय महिलाहरू र डाक्टर, इन्जिनियर, पाइलट लगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता भएको जनाएको छ ।

प्रारम्भिक चरणको आवेदन छनोट प्रकृयामा ६० जनालाई फिजिकल अडिसनको लागि शर्टलिस्ट गरिएको र त्यसबाट ३५ जनालाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

यस सहकार्यबारे बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गिता पुरीज्युले भने, ‘ग्लोबल आईएमई बैंकसँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौं । यस सहकार्यले विविधतालाई प्रवद्र्घन गर्ने हाम्रो प्रतिबद्धतालाई थप जोड मिलेको छ । यो साझेदारी प्रायोजन मात्र नभएर महिला सशक्तिकरणमा समर्पित दुई संस्थाहरूको सहकार्य हो ।’

त्यस्तै ग्लोबल आईएमई बैंकका प्रमुख मार्केटिङ अफिसर दिलिप पोखरेलले भने, ‘मिस युनिभर्स नेपाल २०२४ सँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । ग्लोबल आईएमई बैंक समाजको प्रगति र महिला सशक्तिकरण गर्ने पहलहरूलाई सदैव समर्थन गर्दछ । हामीले हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ नारी पहल, मेरी उनीलाई र छात्रालाई छात्रवृत्ति जस्ता कार्यक्रमहरु गरेर महिलाहरुको आर्थिक शैक्षिक लगायत समग्र सशक्तिकरणमा पहल गर्दै आईरहेका छौं ।’

यो वर्ष प्रशिक्षणको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षकहरु राखिएको आयोजकले जनाएको छ । प्रशिक्षणको लागि एलेक्जेन्डर गोन्जालेज र लुइस पोर्टेलिस रहेका छन् । एलेक्जेन्डर इन्टरन्यासनल इमेज कन्सल्टेन्ट र पेजेन्ट कोरियोग्राफर हुन् भने लुइस पेजेन्ट एनालिस्ट हुन् ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...