Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपाल एसबिआई मर्चेण्ट र नेपाल मेडिसिटी हस्पिटलबीच व्यवसायिक सम्झौता

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच व्यवसायिक सम्झौता भएको छ । बुधबार हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा नेपाल मेडिसिटी हस्पिटलका कर्पाेरेट डेभलपमेण्ट प्रमुख पंकज बास्कोटा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लेखनाथमार्ग ठमेल, काठमाडौंमार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

एनएसएमबीएल एक्सक्लुसीप हेल्थ चेकअप प्याकेज अन्र्तगत ४० वर्ष भन्दा माथिका पुरुष तथा महिला, ४० वर्ष भन्दा मुनिका महिला तथा पुरुषहरुलाई औषतमा ४० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे भने नेपाल मेडिसिटी हस्पिटलका कर्पाेरेट डेभलपमेण्ट प्रमुख पंकज बास्कोटाले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे । समारोहमा दुईवटै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २०:४९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...