Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जीते डिस्कभर बाइक

kumari  bank

 

काठमाडौं । एनसेलको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना अन्तर्गत झापाको झापा गाउँपालिका ५, पन्थपाडामा शिव बाबा किराना सञ्चालन गर्दै आएका नगेन्द्रप्रसाद गणेशले बजाज डिस्कभर बाइक जित्न सफल भएका छन् ।

कम्पनीले आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप देशभरका खुद्रा विक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्यकासाथ यो कार्यक्रम लागू गरेको बताएको छ ।

बिहीबार बिर्तामोडमा आयोजित एक कार्यक्रममाझ एनसेलका क्षेत्रीय व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले गणेशलाई १२५ सीसीको उक्त बजाज डिस्कभर मोटरसाइकल हस्तान्तरण गरे । यस कार्यक्रममा सहभागी भएका खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्रीबापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएको उनसेलले बताएको छ ।

यसरी आर्जन गरिएको प्वाइन्टहरुको आधारमा उनीहरुले ६५ इन्चसम्मका स्मार्ट टिभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएको जानकारी दिँदै कम्पनीले बम्पर उपहारका रुपमा मोटरसाइकल पाउन आर्जन गरेको प्वाइन्टको आधारमा कुल ४,७५४ खुद्रा बिक्रेताहरु मोटरसाइकलका लागि योग्य रहेको र विजेता गणेश गोला प्रथामार्फत छानिएको बताएको छ ।

यस कार्यक्रमअन्तर्गत, देशभरबाट १,१०० जना खुद्रा विक्रेताहरूले विभिन्न उपहार पाउन सफल भएको जनाइएको छ । कार्यक्रमले खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै एनसेलका सेवा र सुविधाहरुको उपलब्धता सुनिश्चित गर्न र खुद्रा विक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रीत रहेको थियो । खुद्रा विक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एपमार्फत पनि एनसेलका सेवाहरू बिक्री गर्न सक्छन् ।

 

एनसेलले आफ्ना च्यानल साझेदारहरूको अमूल्य योगदानको कदर गर्ने र उनीहरूको व्यवसायिक सफलतालाई सहयोग प्रदान गर्न आफू समर्पित रहेको भन्दै आफ्नो साझेदारी सुदृढ गर्ने, पारस्परिक समृद्धिका लागि काम गर्ने र आफ्ना ग्राहकहरूलाई निरन्तर गुणस्तरीय सेवा प्रदान गरी ग्राहकहरुलाई सधैं अन रहन मद्दत गर्ने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ ।

आफ्ना ग्राहकहरूलाई कनेक्टिभिटीको पहुँचको लाभ सुनिश्चित गर्न एनसेलले नयाँ योजना सधैं अनमार्फत आम उपभोक्ता र उद्यमी, व्यवसायीहरुलाई पहिला भन्दा सुलभ शुल्कमा डेटा, भ्वाइस र एसएमएस बन्डल सेवाहरु प्रदान गर्दै आएको पनि एनसेलको भनाई छ ।

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज अन्तिम दिन

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:०५

  काठमाडौं । काठमाडौंको भुकृटीमण्डपमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला...

प्रिमियरका विद्यार्थीहरूद्वारा विद्यालयभित्र उद्यमशीलता, नवप्रवर्तन र नेतृत्वको अभ्यास

प्रिमियरका विद्यार्थीहरूद्वारा विद्यालयभित्र उद्यमशीलता, नवप्रवर्तन र नेतृत्वको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:३७

काठमाडौं । प्रिमियर इन्टरनेशनल IB कन्टिन्युम स्कूल अन्तर्गतको NEB कार्यक्रमका...

Premier Empowers NEB Students through Innovation, Entrepreneurship, and Student Voice

Premier Empowers NEB Students through Innovation, Entrepreneurship,...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:३०

The NEB students at Premier International IB Continuum School led...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ वैशाख २९ सोमवार १०:५७

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.ब. २०८०/०८१ को...

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध...

वि.सं.२०८२ वैशाख २८ आइतवार २३:४९

  काठमाडौँ । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी...