Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिसशिप प्रोग्रामको तेस्रो ब्याच शुरु हुदै

 

काठमाडौं । नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच शुरु हुन गईरहेको छ। यो कार्यक्रम विद्यार्थीहरूको मार्केटिङ तथा आन्ट्रप्रेनर्शिपको ज्ञान र व्यावहारिकता बीचको दुरीलाई कम गर्न डिजाइन गरिएको हो ।

फुडमान्डुले यो भन्दा अगाडि सफलतापूर्वक २ ओटा स्टुडेन्ट अप्रेन्टिस प्रोग्राम सञ्चालन गरिसकेको छ भने तेस्रो संस्करण अगस्टको महिनाभरि सञ्चालन गर्ने योजना रहेको कम्पनिले जनाएको छ ।

यस कार्यक्रमबारे बोल्दै फुडमान्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भन्नुभयो, “हामी यस कार्यक्रम मार्फत युवा प्रतिभालाई प्रोत्साहन गर्न चाहन्छौँ। यस कार्यक्रम मार्फत हामीले विद्यार्थीहरूलाई व्यावसायिक दुनियाँको गहिरो बुझाइ दिने र उनीहरूको रचनात्मकतालाई प्रोत्साहित गर्ने लक्ष्य राखेका छौं।”

एक महिनासम्म चल्ने यस स्टुडेन्ट अप्रेन्टिस प्रोग्राममा सहभागी विद्यार्थीहरु हप्ताको तीन दिन फुडमान्डुको कार्यालयमा उपस्थित हुने गरेका छन् । उक्त समयमा विद्यार्थीहरूले रचनात्मक सोच बढाउने, योजना बनाउने, बजेटिङ, लजिस्टिक र ग्राहक अन्तरक्रिया सम्बन्धि व्यावहारिक अनुभव हासिल गर्दै आइरहेका छन् ।

यस कार्यक्रमको अघिल्लो संस्करणमा फुडमान्डु टिमको सुपरिवेक्षण र निर्देशनमा विद्यार्थीहरूले मार्केटिङको व्यावहारिक ज्ञान प्राप्त गरेका थिए । उनीहरूले विभिन्न अन्तरक्रियात्मक प्रोजेक्टमा योजना र रणनीति बनाएर फुडमाण्डुको ब्रान्ड सचेतना र उपस्थिति वृद्धि गरेका थिए।

फुडमाण्डुले आगामी ब्याचको लागि विद्यार्थीहरुको मार्केटिङ र आन्ट्रप्रेनर्शिप सम्बन्धि विस्तृत बुझाइ विकास गर्ने योजना बनाएको छ । कम्पनीले ती बुझाइलाई व्यवहारमा कार्यान्वयन गर्न र नयाँ अडियन्स पत्ता लगाउने कुरामा केन्द्रित रहने बताएको छ ।

स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच प्रति इच्छुक विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नको लागि निकै उत्साहित रहेको कम्पनिले जानकारी दिएको छ ।

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार, एकै स्थानमा सवारीसम्बन्धी सम्पूर्ण सेवा

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार,...

वि.सं.२०८२ असार २६ बिहीवार २२:४२

  काठमाडौँ । नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी...

एनआईसी एशिया बैंकको आग्रह : प्यान अपडेट नगरेर समस्या आए बैंक जिम्मेवार नहुने

एनआईसी एशिया बैंकको आग्रह : प्यान अपडेट...

वि.सं.२०८२ असार २६ बिहीवार २२:३५

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

लुम्बिनी विकास बैंकको १८औं वार्षिकोत्सवमा रक्तदान र कर्मचारीहरूलाई सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी विकास बैंकको १८औं वार्षिकोत्सवमा रक्तदान र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:२९

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव...

प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा बन्द

प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा...

वि.सं.२०८२ असार २६ बिहीवार २२:१९

  काठमाडौं । प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा...

निजी क्षेत्रलाई टेवा दिने मौद्रिक नीति आवश्यक: महासंघको राष्ट्र बैंकलाई सुझाव

निजी क्षेत्रलाई टेवा दिने मौद्रिक नीति आवश्यक:...

वि.सं.२०८२ असार २६ बिहीवार २२:१७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आर्थिक वर्ष...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको...

वि.सं.२०८२ असार २६ बिहीवार १३:०२

  काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...