प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिकमा खतिवडा नियुक्त

Thursday Jul 18, 2024
वि.सं.२०८१ साउन ३ बिहीवार २३:१६

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।
खतिवडा पूर्व गभर्नर हुँदै अर्थमन्त्री बनिसकेका छन् भने रिमाल यसअघि पनि ओलीको राजनीतिक सल्लाहकारका रुपमा रहेका थिए ।