CG Electronics
IME Life
NIMB

सगरमाथा टोस्टमास्टर्स क्लबको १००औं बैठक सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाली भाषामा सञ्चालन हुने विश्वकै पहिलो टोस्टमास्टर्स क्लब सगरमाथा टोस्टमास्टर्स क्लबको १००औं बैठक सम्पन्न भएको छ । २०८१ साउन ४ गते शुक्रबार काठमाडौंको यल्लो पागोडा होटलमा आयोजना भएको कार्यक्रम १००औं बैठक भव्य रूपमा सम्पन्न भएको हो ।

१०० औं बैठकमा मुख्य वक्ताको रूपमा टोस्टमास्टर्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ४१ की निर्देशक विशिष्ट टोस्टमास्टर मून प्रधान र विशेष वक्ताको रूपमा अभिनेत्री तथा सगरमाथा टोस्टमास्टर्स क्लबकी सदस्य नीति शाहको उपस्थिति रहेको थियो ।

 

बैठकको सुरूवातमा क्लबका उपाध्यक्ष शिक्षा रितेश उपाध्यायले बैठकको नियम बारे जानकारी दिदै क्लबको उद्देश्य प्रकाश पारेका थिए ।

क्लबका अध्यक्ष अध्यात्म सुवेदीको अध्यक्षतामा सुरू भएको बैठकको सञ्चालन सगरमाथा टोस्टमास्टर्स क्लब निवर्तमान अध्यक्ष शमिर उपाध्यायले गरेका थिए ।

 

१००औं बैठकको अवसरमा क्लबले नेपाली भाषाको महत्त्वको विषयमा प्यानल संवाद समेत गरेको थियो, जसमा वक्ताको रूपमा सगरमाथा टोस्टमास्टर्स क्लबका संस्थापक अध्यक्ष अनिल केशरी शाह, नेपाली भाषा विज्ञ शरच्चन्द्र वस्ती, सञ्चारकर्मी तथा राजनीतिज्ञ सरिताश्री ज्ञवाली र आर्थिक अभियान दैनिकका प्रधानसम्पादक मदन लम्साल रहेका थिए । प्यानल संवादको सहजीकरण क्लबका उपाध्यक्ष जनसम्पर्क कमल केसीले गरेका थिए ।

 

बैठकमा आफ्नो मन्तव्य राख्दै विशिष्ट टोस्टमास्टर मून प्रधानले नेपालमा काम गर्न नेपाली भाषा जान्न आवश्यक रहेको र त्यसका लागि सगरमाथा टोस्टमास्टर्समा आवद्ध हुन आग्रह गरेकी थिइन् ।

 

यस्तै अभिनेत्री नीति शाहले चलचित्र उद्योमा प्रवेश गरेपछि नेपाली भाषाको महत्त्व बुझेको र नेपालीमा आत्मविश्वासका साथ बोल्न सगरमाथा टोस्टमास्टर्स क्लबले महत्त्वपूर्ण भूमिका खेलेको बताएकी थिइन् ।

 

प्यानल संवादमा बोल्दै क्लबका संस्थापक अध्यक्ष अनिल केशरी शाहले अंग्रेजी भाषा जान्नु नै विज्ञ हुनु नभएको बताउँदै नेपाली भाषा र नेपालीपनलाई जोगाउन सगरमाथा टोस्टमास्टर्स जस्ता क्लब मेचीदेखि महाकालीसम्म फैलिनुपर्नेमा जोड दिएका थिए ।

 

त्यसैगरी नेपाली भाषा विज्ञ शरच्चन्द्र वस्तीले नेपाली संस्कृति र पहिचान जोगाउन नेपाली भाषाको संरक्षण महत्त्वपूर्ण भएको बताएका थिए ।

त्यस्तै पत्रकार मदन लम्सालले नेपाली भाषा ह्रदयको भाषा भएको बताए ।

 

साथै प्यानल संवादमा बोल्दै सञ्चारकर्मी तथा राजनीतिज्ञ सरिताश्री ज्ञवालीले नेपाली भाषा आफैले जोगाउनु पर्ने र अरू कोही आएर नजोगाइदिने बताएकी थिइन् ।

 

सगरमाथा टोस्टमास्टर्स क्लब वि.सं. २०७९ साल बैशाख १ गते स्थापना भएको थियो । नेपाली भाषामा सञ्चार र नेतृत्व कलाको विकास गर्ने उद्देश्यसहित स्थापना भएको क्लबले प्रत्येक हप्ताको बुधबार साझँ ६ बजेदेखि ब्लूबर्ड मल त्रिपुरेश्वरमा बैठक सञ्चालन गर्दै आएको छ ।

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...