Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

क्यान्सर रोगबाट पीडित पत्रकार रेनुका सुवेदी श्रेष्ठद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल

Machhapuchchhre Bank Limited

 

 

काठमाडौं, १५ साउन । पत्रकार रेनुका सुवेदी श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोगको लागि अपिल गरेकी छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू डेढ वर्षदेखि विरामी रहेको बताईन् । उनले आफूलाई पाठेघरको क्यान्सर भएको बताईन् । उनले छिटोभन्दा छिटो उपचार गर्न नसकेको खण्डमा ज्यान जोखिममा रहेको भनी डाक्टरहरुले भनेको सुनाईन् ।

आफू विगत ७ वर्षदेखि पत्रकारिता क्षेत्रमा रहेको र जहिल्यैपनि दुःखी तथा पीडितको कुरालाई अगाडि ल्याउन अग्रसर भएर काम गरेको स्मरण गराउँदै उनले आहिले आफूलाई परेको दुःखमा सबैले सकेको सहयोग गरिदिन आग्रह गरिन् ।

उनले रेनुका सुवेदी श्रेष्ठको कृषि विकास बैंक (पाँचखाल शाखा) खाता नम्बर ०२१२७०१५१४०१७०१६ मा आफूले सहेको सहयोग पठाएर उपचारमा सहयोग गरिदिन आग्रह गरे ।

त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले पत्रकार रेनुका सुवेदी श्रेष्ठको उपचारमा सहयोगी हातहरु अगाडि बढाउन अपिल गरे । उनले नागरिक समाजका अगुवा र विभिन्न क्षेक्रका व्यत्तित्वहरुलाई उपचारमा सहयोग गरिदिन आग्रह गरे ।

‘एक जना सञ्चारकर्मीको उपचारका लागि म सबै पक्षलाई आग्रह गर्न चाहन्छु । सरकार, सञ्चारमन्त्री, गृहमन्त्री, प्रधानमन्त्री सबैलाई आग्रह गर्न चाहन्छु– उहाँको उपचारमा राष्ट्रिय माहोल सिर्जना गरेर उहाँलाई स्वास्थ्यलाभको स्थितिमा पुर्याउन सहयोग गरौं ।

म पनि उहाँलाई आफ्नोतर्फबाट सकेको सहयोग गर्छु,’– उनले भने । उनले आजैबाट रेनुका सुवेदी श्रेष्ठ बचाउ अभियानमा लाग्न सबैलाई आग्रह गरे ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...