Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सरकारले भ्रष्टाचारीको अनुहार हेर्दैन्, कसैलाई छाड्दैन् : प्रधानमन्त्री ओली

Machhapuchchhre Bank Limited

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको कुरामा कसैको अनुहार हेरेर क्षमा दिने काम कदापी नगर्ने बताएका छन ।

मंगलबार सिंह दरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अहिलेको सरकार प्रतिशोधका लागि नभई अर्थतन्त्रमा र समाजको सुधारको लागि भएको भन्दै भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज नगर्ने बताएका हुन।

प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज गर्दैन् । कसैले कसुर गर्‍यो भने मुख हेरेर अनुहार हेरेर कसुरमा क्षमा गर्ने काम सरकारले गर्दैन । अर्को कुरा अहिलेको सरकार प्रतिशोधका लागि होइन, अर्थतन्त्रमा र समाज सुधार एवम विकासको गति ल्याउनको लागि हो । त्यसैले यसले कसैप्रति आग्रह पूर्वाग्रह राख्ने कसैप्रति अनावश्यक अनुचित झुटा कुरा उचाल्ने वा कसैलाई दुःख दिने खालको काम पनि गर्दैन् । कसैले भ्रष्टाचार गर्‍यो भने अनुहार पनि हेरिर्दैन । कोही उम्किन पनि पाउँदैन् ।’

उनले कर महशुल जस्तो कुरामा कुनै प्रकारको अनियमितता वा छली हुन नपाओस् भनेर तदअनुसार नै भ्रष्टाचारको रुपहरु पहिचान गर्ने काम सरकारले गरिरहेको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले भने,‘करको दर बढाएर, मात्रा र दायरा फराकिलो बनाएर पनि हुँदैन् । कर महशुल जस्तो कुरामा कुनै प्रकारको अनियमितता वा छली हुन नपाओस् भन्ने कुरा सरकारले बुझेको छ । तदअनुसार नै भ्रष्टाचारको रुपहरु पहिचान गर्ने काम सरकारले गरिरहेको छ ।’

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३८

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ : उर्जामन्त्री खड्का 

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ :...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३४

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सत्ता छोड्नेवित्तिकै...

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ : मन्त्री साही

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:२०

  काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले नेपालको...

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे डीएसएल क्यामेरा

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:१०

  कागेश्वरी मनोहरा । कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा...

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३७

काठमाडौं । दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म...

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३२

  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा...