Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

वाणिज्य बैंकहरुले नाफा १३ दशमलव ४० प्रतिशतले बढी

Machhapuchchhre Bank Limited

 

 

 

 

काठमाडौं । वाणिज्य बैंकहरुले १३ दशमलव ४० प्रतिशत बढी नाफा कमाएका छन् ।

 

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको खुद नाफा औसतमा १३ प्रतिशतले बढेको छ । बैंकहरूले सोमबार सार्वजनिक गरेको गत वर्षको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूको नाफा करिब १३.४० प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकले गत आर्थिक वर्षमा साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेकोमा करिब ७ प्रतिशत मात्र प्राप्ति हुने देखिएको छ । ब्याजदर पनि निरन्तर घटिरहेको छ । तर, बैंकहरूको नाफा औसतमा साढे १३ प्रतिशतले बढेको छ ।

 

गत आर्थिक वर्षमा बैंकहरूको कुल नाफा ६४ अर्ब १५ करोड रुपैयाँ छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको यस्तो नाफा ५६ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।

औसतमा नाफा बढेको देखिएपनि सञ्चालनमा रहेका २० मध्ये १० वटा बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ भने १० वटाको मात्र बढेको छ ।

नाफा घट्ने बैंकहरूमा माछापुच्छ्रे, सिटिजन्स्, एनआईसी एसिया, नेपाल बैंक, एनमएबी, सानिमा, सिद्धार्थ, स्ट्यार्ण्डर्ड चार्टर्ड, ग्लोबल आईएमई र राष्ट्रिय वाािण्ज्य बैंक छन् । बाँकी नबिल, नेपाल एसबीआई, कुमारी, प्राइम, हिमालयन, लक्ष्मी सनराइज, कृषि विकास, एभरेष्ट, प्रभु र नेपाल इन्भेष्टमेन्ट बैंकले नाफा बढाएका छन् ।

गत वर्ष सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक देखिएको छ । गत आर्थिक वर्षमा नबिल बैंकको खुद नाफा ७ अर्ब ६ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा नबिलले आफ्नो नाफा १० प्रतिशतले बढाएको छ । सोही अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक माछापुच्छ्रे देखिएको छ । यो बैंकको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा २३ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकहरूको वितरणयोग्य नाफा पनि उल्लेख्य घटेको छ भने सम्पत्तिमाथीको प्रतिफल (आरओई) पनि निकै कमीआएको छ ।

 

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन...

वि.सं.२०८२ वैशाख १० बुधवार २३:४३

  काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल...

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय बने बरिष्ठ नायव सीईओ

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:०९

    काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा सीमा ८० बाट ६० प्रतिशतमा घटाएपछि व्यवसायी चिन्तित

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:३०

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग प्रारम्भ ट्रली बसमार्फत...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको...

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२३

  काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल...