CG Electronics
IME Life
Ncell NPL

वाणिज्य बैंकहरुले नाफा १३ दशमलव ४० प्रतिशतले बढी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

 

 

काठमाडौं । वाणिज्य बैंकहरुले १३ दशमलव ४० प्रतिशत बढी नाफा कमाएका छन् ।

 

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको खुद नाफा औसतमा १३ प्रतिशतले बढेको छ । बैंकहरूले सोमबार सार्वजनिक गरेको गत वर्षको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूको नाफा करिब १३.४० प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकले गत आर्थिक वर्षमा साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेकोमा करिब ७ प्रतिशत मात्र प्राप्ति हुने देखिएको छ । ब्याजदर पनि निरन्तर घटिरहेको छ । तर, बैंकहरूको नाफा औसतमा साढे १३ प्रतिशतले बढेको छ ।

 

गत आर्थिक वर्षमा बैंकहरूको कुल नाफा ६४ अर्ब १५ करोड रुपैयाँ छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको यस्तो नाफा ५६ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।

औसतमा नाफा बढेको देखिएपनि सञ्चालनमा रहेका २० मध्ये १० वटा बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ भने १० वटाको मात्र बढेको छ ।

नाफा घट्ने बैंकहरूमा माछापुच्छ्रे, सिटिजन्स्, एनआईसी एसिया, नेपाल बैंक, एनमएबी, सानिमा, सिद्धार्थ, स्ट्यार्ण्डर्ड चार्टर्ड, ग्लोबल आईएमई र राष्ट्रिय वाािण्ज्य बैंक छन् । बाँकी नबिल, नेपाल एसबीआई, कुमारी, प्राइम, हिमालयन, लक्ष्मी सनराइज, कृषि विकास, एभरेष्ट, प्रभु र नेपाल इन्भेष्टमेन्ट बैंकले नाफा बढाएका छन् ।

गत वर्ष सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक देखिएको छ । गत आर्थिक वर्षमा नबिल बैंकको खुद नाफा ७ अर्ब ६ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा नबिलले आफ्नो नाफा १० प्रतिशतले बढाएको छ । सोही अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक माछापुच्छ्रे देखिएको छ । यो बैंकको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा २३ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकहरूको वितरणयोग्य नाफा पनि उल्लेख्य घटेको छ भने सम्पत्तिमाथीको प्रतिफल (आरओई) पनि निकै कमीआएको छ ।

 

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...