Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपाल एसबिआई बैंकको खुद नाफा २ अर्ब बढी

 

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासमा खुद नाफा २.३५ प्रतिशत बढेर २ अर्ब १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असारसम्म बैंकले ५ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असारमा बैंकको नाफा बढेको भएपनि ब्याज आम्दानी घटेको देखिन्छ ।

गत असारसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब १३ करोड रुपैयाँ रहेको छ । यसआधारमा बैंकले गत वर्षको नाफाबाट १०.७६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड रुपैयाँ थियो भने लाभांश क्षमता १०.५८ प्रतिशत थियो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी स्थिर १० अर्ब ५० करोड रुपैयाँ भने जगेडा कोष ७ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको जगेडा कोषमा ७ अर्ब ७ करोड रुपैयाँ सञ्चिति थियो ।

गत असारसम्म बैंकले १ खर्ब ७५ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २५ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १६ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको खराब कर्जा अघिल्लो वर्षको तुलनामा गत वर्ष घटेको छ । गत असारसम्म बैंकको खराब कर्जा २ प्रतिशत छ । अघिल्लो वर्ष २.४३ प्रतिशत खराब कर्जा थियो । बैंकको प्रतिसेयर आम्दानी १९.१८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८५.६० रुपैयाँ थियो ।

 

एनसेलको ‘सधैँ अन करोडपति’ योजना : छानिए पहिलो हप्ताका १० जना १ लाख नगद विजेताहरु, बम्परमा १ करोड नगद पुरस्कार

एनसेलको ‘सधैँ अन करोडपति’ योजना : छानिए...

वि.सं.२०८२ असार ९ सोमवार २२:१२

काठमाडौं । एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत पहिलो...

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

वि.सं.२०८२ असार ९ सोमवार २२:०८

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा

वि.सं.२०८२ असार ९ सोमवार २१:५६

  काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र...

वि.सं.२०८२ असार ९ सोमवार २१:४८

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा...

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु माथि उक्लियो

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु...

वि.सं.२०८२ असार ९ सोमवार २०:५४

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचकमा केहि...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...