Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

महालक्ष्मी विकास बैंकको खुद नाफा २४.५२ प्रतिशतले बढी

 

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आपर्थक वर्ष २०८०/८१ मा ४७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३७ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले २४.५२ प्रतिशत बढी खुद नाफा गरेको हो ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ०.७४ प्रतिशत घटेर १ अबए ९३ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी १४.२८ प्रतिशत बढेर २० करोड ७१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ०.६४ प्रतिशत बढेर २ अर्ब १८ करोड रुपैयाँ र सञ्चालन मुनाफा १८.६८ प्रतिशत बढेर ६७ करोड ७५ लाख रुपैयाँ छ ।

गत असारसम्म बैंकको वितरणयोग्य नाफा १७ करोड ७१ लाख रुपैयाँ रहेको छ । यसआधारमा बैंकको लाभांश वितरण गर्ने क्षमता ४.२५ प्रतिशत छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँ र जगेडा कोष १०.८७ प्रतिशत बढेर २ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ । गत असारसम्म बैंकको निक्षेप संकलन ७.२१ प््रतिशत बढेर ५५ अर्ब २१ करोड रुपैयाँ र कर्जा लगानी ८.८६ प्रतिशत बढेर ४० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी २.२२ रुपैयाँ बढेर ११.२७ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६०.४४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३१.३२ गुणा रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.५१ प्रतिशतबाट बढेर ४.५८ प्रतिशत पुगेको छ ।

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४० सिरिज

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४०...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५५

  काठमाडौं । स्मार्टफोन विश्वबजारको अग्रणीे ब्रान्ड भिभाले नवीन डिजाइन,...

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५०

सुर्खेत। नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४८

काठमाडौं । “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम...

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

बीमा के हो ? जीवन र निर्जीवन बीमावीचको भिन्नता र महत्व बुझौँ

बीमा के हो ? जीवन र निर्जीवन...

वि.सं.२०८१ माघ १ मंगलवार १०:०८

  काठमाडौँ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा...

राष्ट्रिय कृषि कम्पनीले आइपीओ जारी गर्ने

राष्ट्रिय कृषि कम्पनीले आइपीओ जारी गर्ने

वि.सं.२०८१ माघ १ मंगलवार ०९:१२

  काठमाडौँ । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण...