API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

कजारिया रमेश टायल्स लिमिटेडद्धारा कारखानाको किल्न लाइट अप (भट्टी प्रज्वलन) समारोह भब्यताका साथ सम्पन्न

 

भैरहवा, नेपाल । कजारिया रमेश टायल्स लिमिटेडले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्रको किल्न लाइट अप (भट्टी प्रज्वलन) समारोहको सफलतापूर्वक उद्घाटन गरेको छ । कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री अशोक कजारिया ज्युको प्रमुख उपस्थिति रहेको कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूले समारोहको गरिमा बढाउनुभएको थियो ।

बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ र बर्दघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमाशंकर चौधरीले कार्यक्रममा सहभागी हुँदै कजारिया रमेश टायल्स लिमिटेड परिवारलाई शुभकामना तथा बधाई प्रदान गर्नुभयो ।

समारोहले नेपालबाट कजारिया रमेश टायल्स उत्पादनका निम्ति महत्वपूर्ण कोशेढुंगा पार गरेको छ । अत्याधुनिक प्रविधिले सुसज्जित कारखानाले कजारिया रमेश टायल्स लिमिटेडलाई बजारको माग अनुसार ब्यापक दायरामा उत्पादन गर्नेछ भने उच्च गुणस्तरका टायलहरूको उत्पादनले बजारमा नयाँ युगको सुरुवात हुनेछ, जसका कारण नेपालमा उच्च गुणस्तरका टायलको माग पुर्ती सँगै मुल्य सहज हुँदा उपभोक्ता समेत लाभमा रहने अपेक्षा कम्पनीले गरेको छ ।

“नेपालमा नयाँ उत्पादन केन्द्र स्थापना भएको प्रति हामी निकै गौरवान्वित भएका छौं ।” कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री अशोक कजारियाले भन्नुभयो । “यो अत्याधुनिक प्लान्ट हाम्रो नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धतालाई जनाउँछ, जसले नेपालको बढ्दो बजारलाई अझ राम्रोसँग सेवा दिन हामीलाई देशको पूर्वाधार विकासमा योगदान गर्न सक्षम बनाउँछ।”

“हामी हाम्रो नयाँ उत्पादन कारखानाको सफल उद्घाटनबाट अत्यन्त हर्षित छौं,” कजारिया रमेश टाइल्स लिमिटेडका अध्यक्ष प्रतिक जलानले भन्नुभयो ।” यो विस्तार हाम्रो वृद्धि र विश्वस्तरीय टायल प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो । मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दै टायलमा आत्मनिर्भर हुने लक्ष्यको पहिलो प्रक्रिया पार गरेका छौं । “

सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रिय ग्राण्ड लञ्चिंग

सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रिय...

वि.सं.२०८१ माघ ५ शनिवार २२:३९

काठमाडौँ । सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दूई नयाँ...

माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई सहयोग कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई...

वि.सं.२०८१ माघ ५ शनिवार ०९:५२

  काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा...

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २०...

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:३५

  काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई...

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्री

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्री

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:२७

काठमाडौं । कामना सेवा विकास बैंकले ३३ हजार ८५२ कित्ता...

सिद्धार्थ बैंकको नगद लाभांश खातामा जम्मा

सिद्धार्थ बैंकको नगद लाभांश खातामा जम्मा

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:२४

  काठमाडौं। सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश पठाएको...

नेपाल एसबिआई बैंकको सीइओमा तिवारी

नेपाल एसबिआई बैंकको सीइओमा तिवारी

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:२२

  काठमाडौं । नेपाल एसबिआई बैंकको प्रबन्धक संचालक तथा प्रमुख...