CG Electronics
IME Life
Ncell NPL

घनश्याम विश्वकर्मा ग्लोकल टीन हिरो नेपाल २०२४ उपाधिबाट सम्मानित

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ग्लोकल प्रा. लि. द्वारा आयोजित “गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो २०२४” रुकुमका १९ वर्षीय कार्यकर्ता घनश्याम विश्वकर्माले, जित्न सफल भएका छन् । ग्लोकल टिन हिरोले विगत दशकदेखि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने किशोरकिशोरीहरुलाई सम्मानित गर्दै आएको छ, जसले समुदायमा महत्वपूर्ण योगदान दिएका छन्। ग्लोकल टिन हिरो नेपालले किशोरकिशोरीहरूको सृजनात्मकता, उत्साह र योगदानलाई गहिरो रूपमा कदर गर्दै उनीहरूलाई ग्लोबल र लोकल डोमेनमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्ने लक्ष्य राखेको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा आज अवार्ड कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल, २०२४ को घोषणा द् सोल्टी काठमाडौमा गरिएको हो ।

गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आशिष पन्थी, प्राविधिक शिक्षक, कपिलवस्तु; निश्चल भट्टराई, शैक्षिक कार्यकर्ता, स्याङ्जा; पूर्णिमा तिम्सिना, बाल अधिकार कार्यकर्ता, झापा; सजनी शर्मा, सामाजिक कार्यकर्ता, कास्की र श्रीजय सुवेदी, प्राविधिक उत्साही, पर्सा बीच ग्लोकल टीन हिरो चयन गरिएको थियो ।

घनश्याम विश्वकर्मा एक सामाजिक कार्यकर्ता हुन्, जो रुकुमबाट बालबालिका र किशोरकिशोरीहरूको अधिकार र भलाइका लागि आठ वर्षभन्दा बढी समयदेखि अभियान चलाउँदै आएका छन्। बाल अधिकार, मानसिक स्वास्थ्य, जलवायु र बाल विवाहको विरुद्धको संघर्षमा उनको समर्पणले समाजमा महत्वपूर्ण प्रभाव पारेको छ। राष्ट्रिय किशोरकिशोरी बाल नेटवर्क नेपालका अध्यक्षको रूपमा, उनी बाल अधिकारको वकालतलाई अगाडि बढाउन प्रतिबद्ध छन्। उनी विभिन्न संघ–संगठनहरूसँग सहकार्य गर्दै यौन र प्रजनन अधिकार, मानसिक स्वास्थ्य, जलवायु न्याय, र अनलाइन सुरक्षा जस्ता महत्वपूर्ण मुद्दाहरूको सम्बोधन गर्छन्। उनले बाल यौन शोषण विरुद्धको संघर्ष र रिपोर्टिङ प्रणालीलाई सुदृढ पार्न शैक्षिक कार्यशालाहरूको नेतृत्व गर्छन्, जसले युवाहरूलाई आफैंलाई र आफ्ना साथीहरूलाई सुरक्षित राख्न सशक्त बनाउँछ। जलवायु न्यायका लागि अभियन्ताको रूपमा, उनी बालबालिकाको स्वस्थ वातावरणमा अधिकारको बारेमा कार्यशालाहरू आयोजना गर्छन्, जसले भविष्यका पुस्ताहरूको सुरक्षा सुनिश्चित गर्न वातावरणीय दिगोपनाको महत्त्वलाई जोड दिन्छ ।

घनश्यामको बाल अधिकार अभियन्ताका रूपमा गरेको कामले समाजमा ठूलो प्रभाव पारेको छ, जसले बालबालिकालाई सशक्त बनाएको, सचेतना बढाएको, र नीति परिवर्तनहरूलाई प्रभाव पारेको छ। उनले बाल यौन शोषण र जलवायु न्यायका विषयमा सञ्चालन गरेको शैक्षिक कार्यशालाहरूले युवाहरूलाई आफ्ना अधिकार र भलाइको वकालत गर्न आवश्यक ज्ञान र उपकरणहरू प्रदान गरेको छ ।

उनका प्रतिभा प्रदर्शनीहरूले बालबालिकालाई आफ्नो सिर्जनात्मकता व्यक्त गर्न, आत्मविश्वास निर्माण गर्न, र आफ्ना आवाजहरू विकास गर्न मञ्चहरू प्रदान गर्छन्। उनले बाल अधिकार, बाल विवाह, मानसिक स्वास्थ्य, र अनलाइन सुरक्षाका बारेमा सचेतना जगाउन रेडियो सानोभेरी एफ.एम.मा बाल चौतारी कार्यक्रमको संचालन गर्छन्। कोभिड–१९ महामारीको समयमा, उनले बालबालिका र परिवारहरूको सुरक्षा गर्नका लागि महत्वपूर्ण जानकारीहरू प्रसारणमा महत्वपूर्ण भूमिका खेले, जसले उनीहरूलाई आवश्यक स्रोतहरू र समर्थनहरू उपलब्ध गरायो। उनका सरकारी र गैर–सरकारी संघ–संगठनहरूसँगका सहकार्यहरूले बाल संरक्षण नीतिहरूलाई प्रभावित पारेका छन्, जसमा अनलाइन बाल यौन शोषणको उन्मूलनको प्रयासहरू पनि समावेश छन्।

गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको उत्कृष्ट ६ फाइनलिस्टहरूलाई उनीहरूको उपलब्धि, पहल, योगदान र कामको प्रभावको आधारमा अन्तिम चरणका लागि छानिएको थियो। फाइनलिस्टहरूले विभिन्न विषयमा आत्म–क्षमता कार्यशालाहरूमा भाग लिएका थिए र उनीहरूले विभिन्न उद्योगी, कर्पोरेट व्यक्तित्व, कूटनीतिज्ञ व्यक्तित्व र सरकारी व्यक्तित्वहरूसँग अन्तरक्रिया गर्ने अवसर पाए, जसले उनीहरूको ज्ञानलाई विस्तार ग¥यो।

यस बर्षको निर्णायक टोलीमा ब्अभ क्ष्लकतष्तगतभ या ःबलबनझभलत का डाइरेक्टर श्री आशिष तिवारी, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर सुश्री चन्द्रिका कालिया, डब्लु डब्लु यफ का कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, नेपालका लागि युएन वुमनकी प्रतिनिधि,सुश्री प्याट्रिसिया फर्नान्डेज पाचेको, गोल्छा गु्रप प्रा लिमिटेडकी डाइरेक्टर श्रीमती सीमा गोल्छा, तथा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो रहनु भएको थियो ।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग विभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडीएका छन्। ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा गु्रप सँग साझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास, युरोपेली संघस संघीय गणतन्त्र जर्मनीको दूतावास, युएन वुमेनस पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, प्ँऋ पंचकन्या गु्रप, नबिल बैंक, डिशहोम गो, ब्अभ क्ष्लकतष्तगतभ या ःबलबनझभलत, र रियल् जुसस प्रारम्भ साझेदारको रूपमा द् सोल्टी काठमाडौस इन्टरनेट साझेदारको रूपमा वोर्ल्डलिंकस आतिथ्य पार्टनरमा कोजी होमस एयरलाइन्स पार्टनरको रूपमा एति एयरलाइन्सस पी आर साझेदारमा प्रिस्मा एडभरटाईजिंगस आउटरिच पार्टनरको रूपमा ल्य ल्भहत त्तगभकतष्यल ९ल्ल्त्त०स समर्थकमा ईसेवा, नेपाल टेलिकम, पिज्जा हट र आईएमएस गु्रप रहेका छन्।

ग्लोकल टिन हिरोको यात्राले विगत दशकमा युवा नेतृत्व र सामाजिक प्रभावको सम्भावनाहरूलाई नयाँ परिभाषा दिएको छ। यसकोे सुरुआतदेखि नै यो प्रेरणाको एक राष्ट्रिय मञ्चमा परिणत भएको छ, जसले असंख्य किशोरकिशोरीहरूको कथाहरू उजागर गरेको छ र उनीहरूलाई आफ्ना समुदायहरूमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गरेको छ। हामी यो महत्त्वपूर्ण माइलस्टोनलाई मनाउँदै, भविष्यका नायकहरूलाई प्रोत्साहन गर्दै, उज्ज्वल भोलि निर्माण गर्न समर्पित छौं।

 

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...