Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

महिलालाई पछाडि राखेर पुरुष अगाडि जान सक्दैन : मन्त्री साह

Machhapuchchhre Bank Limited

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह (सुडी)ले महिला र पुरुषबीच लैगिंक भेदभाव अन्त्य गर्न सरकार लागिपरेको बताएका छन् ।

मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको लैंगिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले सरकार महिला र पुरुषको बिचको खाडल पुर्नेगरी काम गरिरहेको बताए ।

उनले भने, ‘महिला र पुरुषको बिचमा खाडल हुने अवस्था छैन । मानव अधिकार आयोग र महिला आयोगको प्रतिवेदनहरु गम्भिरतापूर्वक कार्यान्वयनका लागि सरकारको क्षमता अनुसार दातृ निकायहरुसँग समन्वय गरेर हामी आफ्नो समस्याहरुलाई निदान गर्ने र महिलाहरुको अवसरलाई उकासेर पुरुषको बराबरीको अवस्थामा ल्याउने दायित्व हो । आजको एक्काइसौं शताब्दीको युगमा महिलालाई पछाडि राखेर पुरुष अगाडि जान सक्दैन ।’

लैंगिक समानताको अधिकार कै कारण युरोप र अमेरिका जस्ता विकसित राष्ट्रहरुको प्रगति भएको मन्त्री साहको भनाइ छ ।

नेपालमा पुरुष मात्र काममा जाने र महिलालाई चुलोचौकोमा थुनेर राख्ने प्रवृति रहेको उल्लेख गर्दै उनले जनचेतना फैल्याउँदै यसको अन्त्य गर्नुपर्ने बताए ।

‘युरोप र अमेरिका जस्ता विकसित राष्ट्रहरुमा प्रगति हुनुको मुख्य कारण नै लैंगिक समानताको अधिकार हो । नेपालमा पुरुष मात्र काम गर्ने र महिलालाई खाना बनाउन मात्र राख्ने गरेको पाइन्छ । त्यो अवस्था अब हँुदैन । अब बिस्तारै चेतनाको विकास भइरहेको छ । महिला र पुरष मिलेर काम गर्ने हो भने हाम्रो देशबाट पनि छिट्टै गरिबी हट्छ,’उनको भनाइ छ ।

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:५१

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार...

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४८

  काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको छ : संस्थापक अध्यक्ष शाक्य

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:३३

        माणिकरत्न शाक्य संस्थापक अध्यक्ष नेपाल सुनचाँदी...

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०४

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना...

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक : मुख्य सचिव

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०१

  काठमाडौँ। सरकारका मुख्य सचिव एकनारायण अर्यालले निजामती ऐन भावनामा...