Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

मौलिक हकलाई कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री

Machhapuchchhre Bank Limited

 

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताउनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज आयोजित लैङ्गिक समावेशीकरणसम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरुको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानले मौलिक अधिकारका धेरै सवाललाई लिपिबद्ध गरेको र त्यसको अक्षरशः पालनाका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै जातिप्रथालाई कानुनीरुपमै अन्त्य गरिएको स्पष्ट गर्नुभयो ।

संविधान बन्नुअघि नै संसदबाट राज्यका तीनै तहका सबै निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिएको जनाउँदै उहाँले यसलाई सानो उपलब्धि मान्न नसकिने भनाइ राख्नुभयो । प्रधानमन्त्री ओलीले नेपालले पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र मुख्यसचिव पाइसकेको उदाहरण प्रस्तुत गर्दै राज्यका सबै निकायमा महिला सहभागिता बढाउन आवश्यक ससहजीकरण भइरहेको सुनाउनुभयो ।

नेपालमा अझै पनि २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेको र गरिबी निवारणको लक्ष्य पूरा नगरीकन सबै नागरिकलाई आधारित अधिकारबाट सम्पन्न गराउन सम्भव नहुने बताउँदै उहाँले भन्नुभयो, “हामीले संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णत कार्यान्वयन गर्नेछौँ । अन्तर्राष्ट्रिय प्रतिबद्धता र सम्झौताको कार्यान्वयनप्रति प्रतिबद्ध छौँ । नेपालको गरिबी उन्मुलन गर्नेछौँ । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्नेछौँ ।”

मुलुकलाई समृद्ध नबनाइ जनतालाई खुसी बनाउन नसकिने स्पष्ट गर्दै उहाँले सामाजिक न्याय र समानताको साझा लक्ष्य प्राप्तिका लागि सरकार र मानव अधिकार आयोगसँगै काम गरिरहेको अवगत गराउनुभयो ।

“मुलुकको विकासका लागि समृद्धिले मात्रै काम गर्दैन । शान्ति, सुरक्षा र अधिकारसहित जनताले सम्मानजनक जीवनको अनुभूति गर्नुपर्छ । त्यसका लागि सरकारले काम गरिरहेको छ ।”

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु...

वि.सं.२०८२ वैशाख ८ सोमवार १७:२९

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र...

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना...

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:२८

  जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्लावासीका...

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:१३

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै...

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:०२

  काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२÷०८३ को...

आर्थिक सूचकहरूको प्रयोग विधि सम्बन्धी पुस्तकमा अद्यावधिक तथ्यांक

आर्थिक सूचकहरूको प्रयोग विधि सम्बन्धी पुस्तकमा अद्यावधिक...

वि.सं.२०८२ वैशाख ७ आइतवार १७:०६

  काठमाडौं । प्रमुख आर्थिक सूचकको प्रयोग विधि र दिगो...