Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सिजी मोटर्स ’हिरो’ले ल्यायो एक्कासि मालामाल दसैँ तिहार अफर

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ ।

कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको छ । हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार’ जित्ने अफर पनि ल्याएको छ ।कम्पनीले ‘ दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना ल्याएको छ । सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइने छ ।

मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो यसले आर्जन गरेको विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ । सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समय अघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको छ ।

साथै, नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको छ। हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भईरहेका छन् l

 

नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ । सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । साथै, निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । बढ्दो ग्राहकहरूको सङ्ख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ । त्यस्तै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जित्नेछ ।

लोकप्रिय उत्पादन सुपर स्प्लेण्डर, स्पलेण्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बिएस सिक्स एसआई सिजि मोटर्सले नेपालमा भित्र्याएको छ । साथै, सो उत्पादनमा यूनिक फिचर समेत रहेको कम्पनीले जनाएको छ l

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:४४

  काठमाडौं । कुमारी बैंक र सूर्यविनायक भक्तपुरस्थित सूर्यविनायक मिसन...

प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:३८

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख...

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्च बनस्थलिमा खुल्यो

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:३०

काठमाडौँ । विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी...

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण पत्र प्रदान पीभीसी पाइप उत्पादनमा विशेषज्ञता

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण पत्र प्रदान...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:२२

  ७ फागुन २०८१, काठमाडौं । डल्फिन पोलिप्लास्ट इन्डस्ट्रीज प्रा.लि.ले...

सानिमा फ्लेक्सी फण्ड : सार्वजनिक लगानीको लागि खुल्ला

सानिमा फ्लेक्सी फण्ड : सार्वजनिक लगानीको लागि...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:१४

  काठमाडौं । सानिमा बैंक लिमिटेडको कोष प्रवर्धक तथा सानिमा...

 सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्ट

 सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्ट

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:०६

  काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा ऐतिहासिक पुनर्संरचना भएको छ।...