NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

मन्त्री भण्डारीद्वारा मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता

 

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउत र वाणिज्य सचिव गोविन्द कार्कीसँग आज कार्यसम्पादन सम्झौता गरेका छन् ।

मन्त्रालयका सबै कर्मचारीसहितको बैठकमा कार्यसम्पादन सम्झौता गर्दै मन्त्री भण्डारीले सबै मन्त्रालयभन्दा उत्कृष्ट बनाउने गरी काम गर्नुपर्नेमा जोड दिएको उनका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।

मन्त्री भण्डारीले भने, “इमान्दारिपूर्वक आफ्नो दायित्व र जिम्मेवारी सम्झेर आजका विद्यमान समस्या समाधान गर्दै नागरिकमैत्री सेवा प्रवाहमा जुट्न आग्रह गर्दछु ।” सबैले साझा प्रतिबद्धता गरेर दायित्व र जिम्मेवारी पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री भण्डारीले दृढ इच्छाशक्ति भए आइपर्ने सबै कामलाई साझा रुपले समाधान गर्न सकिने धारणा राखे । “यो कार्यसम्पादन सम्झौता परम्परागत हिसाबले गर्नुछ भनेर गरिएको होइन, वास्तविक रुपमा नतिजा देखिने गरी काम गर्ने उद्देश्यले गरेका हौँ”, उनले भने ।

वर्तमान अवस्थामा विभिन्न चुनौतीहरु रहेकाले सबै एकजुट भएर चुनौतीको सामना गर्नुपर्ने बताउँदै मन्त्री भण्डारीले जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नरहेको उल्लेख गरे । उनले भने, “काम गर्ने क्रममा चाहेर वा नचाहेर पनि समस्या आइपर्छन्, त्यस्ता आइपर्ने समस्यालाई इमान्दारितापूर्वक जनताप्रति उत्तरदायी भएर सहज रुपले समाधान गर्दै जानुपर्छ ।”

मन्त्रालयका सचिवद्वय राउत र कार्कीले उक्त कार्यसम्पादन सम्झौता बैठकमा सम्झौताअनुरुप जनताप्रति उत्तरदायी भएर कार्यसम्पादन गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेका थिए ।

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

वि.सं.२०८१ असोज २४ बिहीवार २१:४६

काठमाडौँ । दसैँको सातौँ दिन बिहीबार फूलपाती बढाइँ गरिएको छ।...

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक पात्रहरुको व्याख्या गरिन्छ : प्राडा भट्टराई

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक...

वि.सं.२०८१ असोज २४ बिहीवार ११:०६

  काठमाडौं । हिन्दुृहरुको महान चाड दशैंको प्रमुख विशेषता भनेकै...

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

वि.सं.२०८१ असोज २३ बुधवार २२:४७

काठमाडौं । शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या...

प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन

प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ...

वि.सं.२०८१ असोज २३ बुधवार २२:२२

काठमाडौँ २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व...

गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति

गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो :...

वि.सं.२०८१ असोज २३ बुधवार २२:०९

  काठमाडौं । लामो समयदेखि मारवाडी सेवा समितिले सस्तो भाडामा...

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ  : अर्थमन्त्री पौडेल

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ ...

वि.सं.२०८१ असोज २३ बुधवार २१:५८

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरु कुनै एउटा...