CG Electronics
IME Life
Ncell NPL

वैदेशिक रोजगार बीमामा प्राधिकरणले तोक्यो निश्चित मापदण्ड

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि जारी गरिने वैदेशिक रोजगार म्यादी बीमा पोलिसी गर्ने जीवन बीमा कम्पनीहरुका लागि बीमा प्राधिकरणले निश्चित मापदण्ड तोकेको छ ।

प्राधिकरणले तीन महिनासम्म वैदेशिक रोजगार विभागमा सूचीकृत भएका जीवन बीमा कम्पनीहरुले बीमालेख जारी नगरे वैदेशिक रोजगार म्यादी जीवन बीमा कोषको सदस्यता खारेज हुने व्यवस्था लागू भएको छ। सो भएमा सदस्यता खारेज भएका कम्पनीहरुले म्यादी बीमा गर्न पाउने छैनन् ।

 

नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार विभागमा सूचीकृत भई लगातार तीन महिनासम्म बीमालेख जारी नगर्ने बीमा कम्पनीहरुको सदस्यता स्वतः खारेज गर्ने भएको छ।

त्यस्तै बीमा प्राधिकरणको निर्देशन बमोजिमे वैदेशिक रोजगार विभागमा सूचीकृत नभएका बीमा कम्पनीहरुले पनि सामूहिक कोषमा सहभागी हुन र बीमालेख बिक्रि गर्न नपाउने भएका छन् ।

कोष प्रबन्धकको रुपमा भने पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स रहनेछन् । प्रबन्धकले बीमा शुल्क बापत प्राप्त रकम जम्मा गर्न सामूहिक बीमा कोषको छुट्टै बैंक खाता संचालन गर्ने, कोषको संचालन, बाँडफाँड र व्यवस्थापन, बीमकबाट प्राप्त भएको बीमा शुल्कबाट आवश्यक समायोजना (ब्याज, आम्दानी, र दाबी भुक्तानी) गरि मासिक रुपमा बाँडफाँड गर्नेछ।

चालु आवको साउन १ गतेदेखि नै बिक्री भएका बैदेशिक रोजगार बीमालेख समेत लागू हुने गरि पुल मार्फत बैदेशिक रोजगार बीमा सञ्चालन हुनेछ ।

पुलमा एलआईसी नेपाल र मेट लाइफ इन्स्योरेन्स आवद्ध भएका छैनन् ।

अहिले बैदेशिक रोजगार बीमामा बार्षिक तीन अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन हुन्छ । गत आवमा तीन अर्ब १२ करोड ६८ लाख रुपियाँ यस्तो बीमाशुल्क संकलन भएको थियो ।

त्योअनुसार तीन बर्षपछि एक कम्पनीले कम्तीमा २० करोड रुपियाँ बराबरको व्यवसाय पाउने देखिन्छन् ।

 

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...