Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

प्रत्येक बर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रुपमा मनाउने मन्त्रीपरिषद बैठकको निर्णय

kumari  bank

काठमाडौँ । सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रुपमा मनाउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रीपरिषदको बैठकले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो अग्रसरतामा यहि भदौ ३० गते मन्त्रालयले तयार पारेको यस सम्बन्धि प्रस्ताब स्वीकृत गरेका थिए । याक तथा चौरीको संरक्षण सम्वद्र्धन एंव राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरि मनाउने निर्णय गरिएको कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीले वताए । याक दिवसको घोषणाले याक जन्य वस्तुहरुको गुणस्तरीयतामा वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिनसक्ने र याक तथा चौरीको विकास र प्रबर्द्धनमा सहयोग पुग्ने र यस्को संरक्षण ,प्रबर्द्धन र विकासमा सघाउ पुग्ने विश्वास मन्त्रालयले लिएको छ ।

जंगली याक सँग स्थानीय गाईको क्रस गरि घर पालुवा चौरीको विकास गरिने भएकाले जंगली याकको संरक्षण चौरी उत्पादन सँग प्रत्यक्ष रुपमा जोडिएको छ ।

नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा —३ फयाट्टी एसिडको स्रोत रहेको ,याकको दहि प्रसिद्ध दूग्ध परिकारको रुपमा रहेको ,याकको दुधवाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानहरुको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको रहेको र हिमाली क्षेत्रको सभ्यताको रुपमा समेत याक रहि आएको छ ।

याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ,२०२९ ले संरक्षित वन्यजन्तुको सुचीमा उल्लेख गरेको छ । याक अनुवांशिक स्रोत केन्द्रले २०८० साल वैशाख ७ गते आफनो ५० औं स्थापना दिवस स्वर्ण जयन्तीको रुपमा मनाउने सन्दर्भमा याक तथा चौरीको संरक्षण र सम्वद्र्धनका लागि वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवस घोषणा गरि मनाउन उपयुक्त हुने निर्णय गरेको थियो ।

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:१७

महेशपुर । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष...

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल...

वि.सं.२०८२ वैशाख २९ सोमवार २०:१०

  गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१,...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३८

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको...

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र...

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा...