CG Electronics
IME Life
Ncell NPL

प्रत्येक बर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रुपमा मनाउने मन्त्रीपरिषद बैठकको निर्णय

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रुपमा मनाउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रीपरिषदको बैठकले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो अग्रसरतामा यहि भदौ ३० गते मन्त्रालयले तयार पारेको यस सम्बन्धि प्रस्ताब स्वीकृत गरेका थिए । याक तथा चौरीको संरक्षण सम्वद्र्धन एंव राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरि मनाउने निर्णय गरिएको कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीले वताए । याक दिवसको घोषणाले याक जन्य वस्तुहरुको गुणस्तरीयतामा वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिनसक्ने र याक तथा चौरीको विकास र प्रबर्द्धनमा सहयोग पुग्ने र यस्को संरक्षण ,प्रबर्द्धन र विकासमा सघाउ पुग्ने विश्वास मन्त्रालयले लिएको छ ।

जंगली याक सँग स्थानीय गाईको क्रस गरि घर पालुवा चौरीको विकास गरिने भएकाले जंगली याकको संरक्षण चौरी उत्पादन सँग प्रत्यक्ष रुपमा जोडिएको छ ।

नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा —३ फयाट्टी एसिडको स्रोत रहेको ,याकको दहि प्रसिद्ध दूग्ध परिकारको रुपमा रहेको ,याकको दुधवाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानहरुको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको रहेको र हिमाली क्षेत्रको सभ्यताको रुपमा समेत याक रहि आएको छ ।

याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ,२०२९ ले संरक्षित वन्यजन्तुको सुचीमा उल्लेख गरेको छ । याक अनुवांशिक स्रोत केन्द्रले २०८० साल वैशाख ७ गते आफनो ५० औं स्थापना दिवस स्वर्ण जयन्तीको रुपमा मनाउने सन्दर्भमा याक तथा चौरीको संरक्षण र सम्वद्र्धनका लागि वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवस घोषणा गरि मनाउन उपयुक्त हुने निर्णय गरेको थियो ।

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...