Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

राजनीतिक अपराधिकरण बढ्न थाल्यो : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका छन् ।

संविधान दिवसको उपलक्ष्यमा आयोजित सांस्कृतिक पुरस्कार २०८१ कार्यक्रममा बोल्दै उनले, राजनीति आफैंमा फोहोरी खेल नभएको तर राजनीतिलाई गलत रुपमा प्रयोग गर्ने गरिएको बताए । उनले राजनीतिमा अपराधिक क्रियाकलापको अन्त्य हुनुपर्नेका जोड दिए ।

उनले भने,‘राजनीति चाँही अहिले फोहोरी हुँदै गएको छ । पहिला पनि राजनीति भनेको चाहीं फोहोर खेल हो भनेर शिक्षकहरुले विद्यार्थीहरुलाई सिकाइरहेको पाइन्थ्यो । त्यो गलत कुरा थियो । राजनीति फोहोरी खेल होइन् ।

तर राजनीतिमा जुन किसिमको अपराधिक क्रियाकलाप र अपराध राजनीतिकरण भइरहेको छ त्यो अन्त्य हुनुपर्छ ।’
उनले संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको र संशोधनका गुञ्जायस खोज्नुपर्ने धारणा राखे ।

अहिलेसम्म धेरै पटक संशोधन गरेकैले संविधानहरु जीवित रहेको बताउँदै समयअनुकुल परवर्तन गरेमात्र संविधानलाई जीवित राख्न सकिने बताए । धेरै पटक संशोधन गरेको संविधानहरु नै जीवित रहेको उनको भनाइ छ ।

उनले भने,‘संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको गुञ्जायस खोजिराख्नुपर्छ । संशोधनको गुञ्जायस खोजिराख्नुपर्छ । धेरै पटक संशोधन गरेको संविधानहरु नै जीवित छन् अहिलेसम्म । ०४६ सालमा बनेको संविधान ७२ सालमा किन भत्कियो भन्दा समयअनुकुल परवर्तन गर्दा नै हो ।’

उनले आज देशका समस्या कहाँ छ भनेर पहिचान गर्न आवश्यक रहेको भएतापनि समस्याको पहिचानमा नै अन्यौलता रहेको बताए ।

 

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...