CG Electronics
IME Life
Ncell NPL

सरकार र निजी क्षेत्र मिलेर अघि बढ्छ : मन्त्री भण्डारी

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार उद्योगीको साथमा रहेको बताएका छन् । उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ बार्षिक साधारणसभामा बोल्दै उनले सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने बताएका हुन् ।

मन्त्री भण्डारीले नितीगत सुधारका लागि सरकारले निजी क्षेत्रको सुझाव लिएको बताए । उनले मन्त्रालय सुधार कार्ययोजना तय गर्ने बेला सबै क्षेत्रका व्यक्तिहरुसंग सुझाव लिएकोमा उक्त कार्ययोजना कार्यान्वयन गरिरहेको बताए ।

उनले आर्थिक मन्दीका कारण व्यवसायीहरुलाई परेको आर्थिक संकटको समाधान गर्न सरकारका तर्फबाट आवश्यक प्रयास थाल्ने बताए । युवाहरुलाई उद्यमी बनाउन स्टार्टअप कार्यक्रम ल्याएको बताउँदै उनले वर्तमान चुनौतिहरुलाई सम्भावनामा बदल्न आग्रह गरे । युवाहरुले विदेशमा मात्रै सम्भावना देख्ने प्रवृत्ति सुखद नभएको उनको भनाई छ ।

मन्त्री भण्डारीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह मिलेर मात्रै देशको विकास सम्भव भएकाले जनतामा देखिएको निराशाको अन्त्य गर्न तिनै तहका सरकारको सहकार्य आवश्यक रहेको बताए ।

जनतामा ‘सरकार मेरो हो’ भन्ने भावना जागृत हुनुपर्ने मन्त्री भण्डारीको भनाई छ । उनले भने, ‘सरकार एमालेको, कांगे्रको वा अन्य कुनै दलको हो भन्ने होइन्, सरकार मेरो हो, हाम्रो हो भन्ने भावनाको विकास हुनुपर्छ ।

सरकारबाट जनताले आशा राख्न छाड्नु हुँैदन् । बरु नितिगत कमजोरी छ भने त्यसमा बहस गरौँ नितिनियम सुधार गछौँ, कार्यक्रमहरु सच्याउछौँ र सरकारलाई बलियो र जनताले अपनत्व महशुस गर्ने बनाउछौँ ।’

उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ बार्षिक साधारणसभा संखमुलमा आयोजना गरिएको हो ।

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...