Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

भिभो भि४० : नेपालमा पहिलो पटक जाइस् अप्टिक्स भएको प्रिमियम स्मार्टफोन

kumari  bank

काठमाडौं । विश्व प्रसिद्ध तथा अग्रणी प्रविधि कम्पनी भिभोले काठमाडौंस्थित हायात प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय वितरक, आम सञ्चारमाध्यम र टेक मिडिया प्रतिनिधिहरूको माझ भिभो –भी४० सार्वजनिक गरेको छ। जाइस्सँगको इन्जिनियर सहकार्यमा तयार गरिएको भि४० व्यावसायिक स्तरको पोर्ट्रेट सिस्टम सहितको यो नवीनतम स्मार्टफोनले मोबाइलबाट लिइने पोर्ट्रेट फोटोग्राफीको अनुभवलाई थप उचाइमा पुर्‍याउने गरी डिजाइन गरिएको छ। जहाँ, प्रयोगकर्ताहरूले चलचित्र गुणस्तरका शानदार पोर्ट्रेट र भिडियोहरू खिच्न सक्नेछन्।

 

भिभोको ५५०० एमएएच ब्याट्री भएको अहिलेसम्मकै पातलो फोन भिभो भि४० मा उच्च ’थ्रीडी कर्भ’ स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ, जसले यो फोनको आकर्षक दृश्य उत्कृष्टता र टिकाउपनको दुवैको सुनिश्चितता गर्दछ। इन्जिनियरिङ कोणबाट हेर्ने हो भने भिभो भि४० व्यावसायिक–स्तरको पोर्ट्रेट फोटोग्राफीको लागि तयार पारिएको हो। जसले भिभोको र जाइस्द्वारा स्थापित उच्च मापदण्डहरूलाई पूरा गरेको छ। भिडियो प्रेमीहरूका लागि, जाइस् फोकस ट्रान्जिसनको सुविधाले सिनेमेटिक भिडियो सङ्कलन गर्न उत्कृष्ट हुने छ। किनकी यसले भिडिओको विषयवस्तुलाई फोकसमा राख्दै सहज फोकस परिवर्तनको सुनिश्चितता गर्दछ।

 

जाइस्को सिनेमेटिक भिडियोमा प्रयोगकर्ताहरूलाई कलात्मक फिल्म निर्माणका लागि २:३९:१ आस्पेक्ट रेसियोमा भिडियो खिच्न सकिन्छ। फोटोग्राफी तर्फ भने यसमा एफ्/१.८८ अपर्चर सहितको १/१.५६ इन्चको सामसुङ आइसोसेल जिएनजे सेन्सर भएको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेरा रहेको छ। जसले कम प्रकाशमा पनि स्पष्ट पोर्ट्रेटहरू खिच्न सक्दछ। शक्तिशाली अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस्) भएकाले धमिलोपन कम गर्दै स्पष्ट र उज्यालो फोटोहरू यसबाट लिन सकिन्छ। यसले आफ्ना प्रयोगकर्ताहरूलाई पोर्ट्रेट फिचरमा युनिक भिजनका साथै जाइस् शैलीका बोकेह इफेक्ट सँगै एआई औरा लाईट पोर्ट्रेट फिचरले दृश्यलाई व्यावसायिक स्तरको प्रकाश प्रदान गर्दछ। एआई थ्रीडी स्टुडियो लाइटिङद्वारा बढाइएको भि४० ले इनडोर र ब्याकलिट पोर्ट्रेटहरूका लागि आवश्यक लाइटको व्यवस्था गर्दछ।

भिभो भि४० फोटोग्राफी क्षमताहरूका लागि मात्र होइन,आकर्षक डिजाइन र प्रदर्शनका लागि पनि उत्कृष्ट रहेको छ। थ्रीडी कर्भ स्क्रिनसँगै ५५०० एमएएच ब्याट्री भएको रहेको यो फोन ७.५८ मिमी मात्र मोटाइ भएको भिभोको सबैभन्दा पातलो फोन हो। यसमा १२० हर्जको रिफ्रेस रेटसँगै अघिल्लो भन्दा ६०.७ प्रतिशत धेरै ४५०० निट्सको ब्राइटनेस रहेको छ।

जसले गर्दा उज्यालो घामको प्रकाशमा समेत यसलाई सहजै सञ्चालन गर्न सकिन्छ। औरा डिजाइनमा बनेको ब्याक क्यामेराले गर्दा यसको ‘लुक्स’ थप राम्रो देखिएको छ। निलो र सेतो मिसिएको चन्द्रमा रङ्गको सेतो, र बैजनी रङ्गको नेबुला पर्पल गरी दुई आकर्षक रङ्गहरूमा मोबाइल उपलब्ध हुने छ। जसमा एजि फ्लोराइट शिमर र एन्टी–फिंगरप्रिन्ट कोटिङ सुविधा रहने छन्।

 

क्वालकम स्न्यापड्रैगन ७ जेन ३ द्वारा सञ्चालित, भिभो भि४० मा १२ + १२ जि बी को विस्तारित र्‍याम रहेको छ। जसले गर्दा सहज रूपमा एप स्विचिङ र भारी फायलहरूका लागि ठूलो मेमोरी स्पेसका लागि सहज हुन्छ। आवश्यक पर्दा छिट्टो चार्ज गर्न मिल्ने यसमा ५५०० एमएएच ब्लु भोल्ट ब्याट्री र ८० वाट फ्ल्यास चार्ज रहेको छ। जसलाई प्रयोगकर्ताहरू लामो समयसम्म मोबाइल चलाउन सक्छन्। यसमा आईपी ६८ र ६९ रहेकाले धूलो र पानीबाट समेत जोगाउँछ। जसले गर्दा विभिन्न वातावरणमा टिकाउपनको सुनिश्चितता रहन्छ।

यति मात्र होइन – ६५ हजार ९९९ मूल्यमा बजारमा आएको यो फोनका लागि प्री–बुक गर्दा पाइने उपहारले समेत यसलाई थप आकर्षक बनाउने छ। प्री–बुक गर्ने ग्राहकहरूलाई एक सेट इयरबड्स र पहिलो तीन महिना स्क्रिन रिप्लेस्मेन्ट ग्यारेन्टी पाउने छन्।

प्री–बुकिङ सेप्टेम्बर २० देखि सेप्टेम्बर २४, २०२४ सम्म खुल्ला रहने छ। पहिलो बिक्री सेप्टेम्बर २५, २०२४ मा सुरु हुनेछ। भिभो भि४० सेप्टेम्बर २५ देखि देशभरका सबै मुख्य रिटेल स्टोरहरू र दराजमा सहजै उपलब्ध हुनेछ।

कामना सेवा विकास बैंकद्वारा राष्ट्रिय आधारभूत विद्यालय चितवनमा पोशाक वितरण

कामना सेवा विकास बैंकद्वारा राष्ट्रिय आधारभूत विद्यालय...

वि.सं.२०८२ जेठ ८ बिहीवार २२:०५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग

सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि...

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:५५

काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम...

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच...

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:२१

काठमाडौं । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख...

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा सस्तो र सुरक्षित राइड

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१७

  काठमाडौं । नेपालको पुरानो र विश्वासिलो राइड सेयरिङ प्लेटफर्म...

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V को ब्रान्ड एन्डोर्सरमा नियुक्त

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V...

वि.सं.२०८२ जेठ ७ बुधवार २१:३६

    काठमाडौं, नेपाल – २१ मे २०२५ – नेपालमा...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार २१:१७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...