CG Electronics
IME Life
Ncell NPL

-याली अफ हिमालयाजको चौथो संस्करणमा साहले रोयल इन्फिल्ड ४११ चलाएर नेपालको प्रतिनिधित्व गर्दै

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौँ  । प्रसिद्ध राइडर दीपक कुमार साहले आगामी मिति असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयोजना हुने र्‍याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन चलाएर नेपालको प्रतिनिधित्व गर्ने जानकारी सार्वजनिक गर्न पाउँदा रोयल इन्फिल्ड नेपाल गौरवान्वित बनेको छ ।

यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ। अनुभवी र उत्साही मोटरसाइकल चालक साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदैछन्, जुन बाइक स्थायित्व, कठोरता, र कठिन परिस्थितिमा प्रदर्शनको लागि परिचित छ। नेपालको प्रतिनिधित्वका साथ सो इभेन्टमा दीपकको सहभागिताले देशमा मोटर स्पोर्ट्सप्रति बढ्दो प्रतिभा र उत्साहलाई प्रदर्शन गर्ने महत्वपूर्ण चरणलाई दर्शाउछ ।

र्‍याली अफ हिमालयाज एउटा अन्तर्राष्ट्रिय इभेन्ट हो जसले संसारभरका शीर्ष राइडरहरूलाई आकर्षित गर्दछ र यसले राइडरको सीप र मेसिनको सहनशीलतालाई पृथ्वीका केही सबैभन्दा चरम भू–भागमा परीक्षण गर्ने प्लेटफर्मको रूपमा कार्य गर्दछ। इभेन्टले शारीरिक र मानसिक सहनशीलताको कठिन परीक्षण गर्दछ, जहाँ सहभागीहरूले सबैभन्दा उचाईका पासहरू, ठाडो पहाडी ट्र्याकहरू र चट्टानी सडकहरूमा नेभिगेट गर्नुपर्छ।

दीपक साहले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित भएको महसुस गरेको छु। रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चुनौतीपूर्ण भू–भागको सामना गर्नको लागि आत्मविश्वास महसुस गर्दछु र म आफ्नो देशलाई मोटरस्पोर्टबाट विश्वभर चिनाउन चाहन्छु।’

दीपक साहले सुरुदेखि नै रोयल इन्फिल्ड मोटरसाइकल चढ्दै आएका छन् । उनको बुवासँग सन् १९८० देखि नै रोयल इन्फिल्डको मोटरसाइकल थियो । यसकारण पनि उनमा रोयल इन्फिल्डप्रति आकर्षण बढ्यो ।

दीपक साह सन् २०१७ र २०१८ मा समेत रेड द हिमालयाजमा भाग लिएका थिए । त्यसैगरी २०२२ मा र्‍याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड द हिमालयाज र र्‍याली अफ चाम्बाको विजयी समेत बनेका थिए ।

रोयल इन्फिल्ड हिमालयन ४११ यस्तो साहसिक यात्राको लागि उपयुक्त छ । ४११ सीसी इन्जिनले अफरोड अवस्था, लामो दूरीको यात्रा र उच्च उचाईहरूलाई सजिलैसँग पार गर्न सक्षम छ। बाइकको भरपर्दो र आरामदायी डिजाइनले दीपकलाई हिमालयका कठोर र डर लाग्दा सडकलाई जित्न मद्दत पु¥याउनेछ ।

रोयल इन्फिल्डको बारेमा
रोयल इन्फिल्ड निरन्तर उत्पादनमा रहेको संसारको सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हो । यसले सरल, स्थायी र रमाइलो सवारी अनुभव प्रदान गर्ने मोटरसाइकल उत्पादन गर्ने परम्परालाई निरन्तरता दिदै आएको छ। हिमालयन ४११ सबै प्रकारका भू–भागका लागि उपयुक्त सवारी हो । यसमा भएका विभिन्न क्षमता र सहनशीलताका कारण यो बाइक साहसिक यात्राका लागि विश्वभरका उत्साहीहरूको मनपर्ने बाइक
बनेको छ।

र्‍याली अफ हिमालयाजको बारेमा
र्‍याली अफ हिमालयाज संसारकै सबैभन्दा चुनौतीपूर्ण मोटरस्पोर्ट इभेन्टहरूमध्ये एक हो, जसले सहभागीहरूलाई हिमालय क्षेत्रका सबैभन्दा खतरनाक र मनमोहक मार्गहरूमा आफ्नो सीप र सहनशीलताको सीमा परीक्षण गर्न आकर्षित गर्दछ। इभेन्टले साहस, मित्रता र प्रकृतिसँगको गहिरो सम्बन्धलाई जोड दिन्छ।

१ घण्टा अगाडि

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०७

  काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...