CG Electronics
IME Life
Ncell NPL

नेपाल आर्ट भिलेजसँग सहकार्य गरेर अगाडि बढ्नेछौं : मुख्यमन्त्री लामा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले ललितपुरको छम्पीमा भैरवको विश्वकै ठूलो मुखाकृतीसहितको निर्माणाधिन नेपाल आर्ट भिलेजसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले कला र संस्कृतिलाई जगेर्ना गर्ने काम नेपाल आर्ट भिलेजले गरेको सुन्दा खुशी लागेको उनले बताए । उनले प्रविधिलाई समेत प्रयोग गरेर कला क्षेत्रलाई बिक्री गर्न सक्नुपर्ने र विदेशबाट डलर आम्दानी गर्नुपर्ने उनले बताए ।

मुख्यमन्त्री लामाले यस परियोजनामा बागमती प्रदेशले केकस्तो सहयोग गर्न सकिन्छ, छलफल गरेर सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यो परियोजना नेपाल आर्ट भिलेजको मात्रै नभएर अब बागमती प्रदेशकै ‘ड्रिम प्रोजेक्ट’ हुनुपर्ने बताइन् । उनले आर्ट भिलेजलाई नमूना परियोजनाका रूपमा अगाडि बढाउन सकिएमा नयाँ पुस्तालाई आकर्षित गर्न सकिने उनले बताइन् । सबै तह मिलेर यस परियोजनालाई सफल बनाउनुपर्ने उनले बताइन् । यस परियोजनालाई सहयोग गर्न ललितपुर महानगरपालिका तयार रहेको उनले बताइन् ।

नेपाल आर्ट भिलेजका अध्यक्ष राजेन्द्र शाक्यले नयाँ पुस्तालाई परम्परागत कला, हस्तकला लगायतको जगेर्ना र चिनाउने तथा नेपाली युवालाई कला संस्कृतिलाई जोगाइराख्नका लागि यो परियोजनाले विशेष भूमिका खेल्ने बताए । सत्यमोहन जोशी स्मृति पार्कमा समेत आर्ट भिलेजको सहयोग रहने उनले बताए ।

२०८१/८२ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ भैरवको मूर्ति निर्माण कार्य भइरहेको नेपाल आर्ट भिलेजका संस्थापक एबम प्रबक्ता रुपक मान महर्जनले बताए । यो मुर्ती विश्वकै अग्लो भैरवको मूर्ति हुने र यसले बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत भूमिका खेल्ने महर्जनले बताए । एक दिनमा १ हजार २ सयभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको उनको भनाइ छ ।

म्युजियम, साहसिक खेल, भोजनालय, वनस्पति उद्यान लगायत समेत सो परियोजनामा निर्माण हुने उनले बताए । यस सम्पदा ग्राम क्षेत्रले नेपालको मौलिक कला र संस्कृतिलाई अन्तराष्ट्रिय रुपमा विस्तार समेत गर्ने उनको विश्वास छ ।

आर्ट भिलेजको यस अभियानमा स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगको अपेक्षा राखिएको उनले बताए । उनले सहुिलयतपूर्ण ऋण, सडकमार्ग तथा पानीको पहुँचका लागि सरकारले साथ दिनुपर्नेमा उनले जोड दिए ।

ललितपुर गोदावरीको छम्पीमा भैरवको विश्वकै ठूलो मुखाकृतीसहितको नेपाल आर्ट भिलेज निर्माण हुँदैछ । प्रसिद्ध मूर्तिकार राजेश अवालेको परिकल्पनामा सन् २०१७ मा जग्गा एकीकरण गरी सुरु भएको यस परियोजनाको सन् २०२० मा शिलान्यास गरिएको थियो । तर कोरोना महामारीको समस्याका कारण केही समय सुस्ताएको परियोजनाअन्तर्गतको भैरवको मुखाकृती निर्माण अहिले तीव्र गतिमा अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

विभिन्न क्षेत्रका ऊर्जावान कलाप्रेमी व्यक्तिहरु, कलाकार, व्यापारी, सामाजिक उद्यमी एवम् समाजका अग्रज एवम् प्रबुद्ध व्यक्तित्वहरुको समेत संलग्नतामा स्थापना भएको एवम् नेपाली मौलिक कलासंस्कृतिकको जगेर्ना गर्ने, परम्परागत सीप र कौशलको उजागर र प्रचारप्रसार गर्ने तथा पर्यटन क्षेत्रको प्रबद्र्धनका लागि आवश्यक योजना तथा कार्यक्रम तय गरी अनुसन्धान र विकास गर्ने उद्देश्यले परियोजना सुरु भएको हो ।

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भूभागका...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:४८

  काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय...

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...