CG Electronics
IME Life
Ncell NPL

डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहित आकर्षक अफरहरु सार्वजनिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । डिसहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै आकर्षक अफरहरु सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत ग्राहकहरूले २ सय एमबिपिएस र ३ सय एमबिपिएसका वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा प्राप्त गर्नेछन् । यसका अतिरिक्त, ग्राहकहरूले हरेक हप्ता लक्की ड्रमा सहभागी भई आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

हप्तामा १२ भाग्यशाली विजेताहरूले डिएआई होम एप्लाइन्सका सामानहरु, आइटेल ए ६० एस स्मार्टफोन, मिभि एयरबड्स र डिसहोमको फोर के स्टीमर जस्ता उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ ।

यति मात्र होइन, बम्फर लक्की ड्रअन्तर्गत एक भाग्यशाली विजेताले डिएचआई होम एप्लाइन्सको फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन्।

डिसहोमले आफ्ना ग्राहकहरूको लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ । डिएचआई होम एप्लाइनसका सामानहरूमा ४० प्रतिशतसम्मको छुट, मिभि एयरवड्समा ५४ प्रतिशतसम्मको छुट र फायर बोल्ट स्मार्ट वाजमा ७० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सकिने जनाइएको छ ।

यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिसहोमको ३ महिने वा सोभन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ । नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन् । डिसहोमले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यी आकर्षक अफरहरू सार्वजनिक गरेको हो ।

 

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...