IME Life
NIMB

कुमार केटाको पूजा र जात्रामा रमाउने खोकनामा छैन दशैंको रौनक

NIMB
Himalayan Bank

काठमाडौं । हिन्दुहरुको महान चाड बडादशैं विहीबार(आज)बाट प्रारम्भ भएको छ । पहिलो दिन घटस्थापन गरिएको छ । हर्ष र उमंगका साथ दशैं भित्रिएका बेला काठमाडौं नजिकै पर्ने ललितपुरको खोकनामा दशैंको रौनक देखिदैन ।

देशविदेशमा रहेकाहरु दशै मनाउनकै लागि भनेर घरगाउँ फर्कने र बजारमा किनमेल गर्न व्यस्त रहँदा खोकनाबासी खेती किसानीमै व्यस्त देखिन्छन् ।

सुन्दा पनि अचम्म लाग्नसक्छ ,नेपालकै लागि खोकना यस्तो गाउँ हो जहाँ कहिल्यै पनि दशैको चटारो हुँदैन् । किनभने त्यहाँ दशै नै मनाइँदैन् । ललितपुरको जावलाखेलबाट करिब सात किलोमिटर पर रहेको पुरानो नेवार बस्ती खोकना अहिले शहरकै रुपमा विकास भइसकेको पाइन्छ ,जहाँको आफ्नो छुट्टै सांस्कृतिक र धार्मिक परम्परा छ ।

 

सम्पूर्ण नेपालीहरुमा दशैको रमझम छाउँदै गर्दा खोकनाबासी भने सिकाली जात्रा मनाउने तयारीमा छन् । यहाँ परम्पारकालदेखि नै दशैले खासै छुँदैन । दशैको रमझम मेटाउन सिकाली जात्रामा आफूहरु रम्ने गरेको स्थानीय हरिश्याम डंगोल बताउँछन् ।
उनका अनुसार दशैंमा पूजा गरिने हातहतियार खोकनामा भने जनैपूिर्णमामा नै गर्ने गरिन्छ । दशैको बेला सात दिनसम्म चल्ने जात्रा सिकालीमा नै व्यस्त हुने कारण आफूहरुले दशै नमनाएको उनले बताए ।

उनले भने,‘दशै सबैभन्दा पहिले खोकनाले मान्छ । दशैमा अरु ठाउँमा हात हतियार पूजा गर्ने गरिन्छ । तर हाम्रोमा जनैपूर्णिमा नै हातहतियार,कृषि औजार जनै पूर्णिमा नै पूजा गरिन्छ । खोकनामा जमरा राखिँदैन् । यो हाम्रो परम्पारदेखि नै चली आएको चलन हो । दशैको बेला सिकाली जात्राको चटारो हुन्छ । सात दिनसम्म जात्रा मनाउँछौ । दशैको अघिल्लो दिन जात्रा सकिन्छ ।’
डंगोलका अनुसार खोकनाको पुरानो बस्ती कुदेशमा रहेको थियो जुन सकाली मन्दिर भएको ठाउँ हो ।

बस्ती खोकनामा सारेसँगै देवीलाई पनि सारियो जलाई अहिले रुद्रायणी मन्दिर भनेर चिनिन्छ । देवीले नयाँ स्थानमा बस्न त मानिन तर भोग लिन भने मानिनन् । त्यसैले रुद्रायणी मन्दिरमा राँगो काटेपनि भोग दिनका लागि रगत भने सिकाली मन्दिरमा नै लाने गरेका छन् ।

पहिले राँगो नै सिकाली मन्दिरमा लगिन्थ्यो । तर पछि त्यसको साटो गुठीबाट कुमार केटाहरुसँगै पूजा लगेर चोखो कुमार केटाबाट पूजा चलाउँछु भनेर देउतासँग मागेको किम्बदन्तीमा पनि रहेको उनको भनाई छ । जसअनुसार घटस्थापनाको दिन सिकालीमा कुमार केटाहरुको गोप्य पूजा गर्ने चलन छ । पूजा अवधिभर मन्दिर वरपर कसैलाई जान दिइदैन् ।

उनले भने,‘पहिला यो गाउँलाई नै कुदेश भन्ने ठाउँमा थियो । त्यहाँबाट खोकनामा सरेको हो । जात्रामा खासगरी रुद्रायणीको पूजा गरिन्छ । र गणेश कुमारी भैरव सबैको पूजा हुने गर्दछ । राँगो काट्ने चार दिन अगाडि सिकालीमा कुमार केटाहरुको गोप्य पूजा गरिन्छ । जम्मा तीनवटा गुठी छ ।

र गुठीबाट कुमार केटाहरुसँगै पूजा लगिने गरिन्छ । त्यहाँ पहिला गुठीबाट राँगो भोग दिने गरिन्थ्यो, तर अहिले त्यहाँसम्म लान सकिन्न पूजा रुद्रायणीमा नै चोखो कुमार केटाबाट पूजा चलाउँछु भनेर देउतासँग मागेको किम्बदन्तीमा पनि छ । एउटा वर्षमा पूजा गर्ने कुमार केटाले बिवाह नगरेसम्म १२ सम्म उसैले पूजा मिल्छ ।’

अष्टमी र नवमीका दिन नेपालीहरुले घर र मन्दिरमा बोका, खसी, भेडा च्याङ्ग्रा काट्ने र दुर्गा भगवानको पुजा गर्ने गर्दछन् ,तर खोकनामा भने गुठीबाट राँगो दिने तर घरमा बलि दिने चलन नरहेको पनि उनले जानकारी दिए
त्यस्तै अर्का ७३ वर्षका स्थानिय गणेश डंगोल पनि आफ्नो निधारमा अहिलेसम्म दशैको टिका नपरेको र दशै कस्तो हुन्छ भन्ने सम्म पनि आफू जानकार नरहेको बताउँछन् ।

उनले भने,‘घटस्थापनादेखि नै जात्रा सुरु भइसकेको हुन्छ । जात्रा त मान्नु प¥यो । त्यहि क्रममा परम्परादेखि नै दशै मनाएको छैनौं । यहाँ सिकाली जात्रा नै भव्यताकासाथ मनाइन्छ ।

विभिन्न किसिमको पूजाआजा र नाचगानसहित दशैं अवधिभर खोकनामा सिकाली जात्रा मनाउने गर्दछौं खासै त्यस्तो दशैको थाहा हुन्न ।’

सात दिनसम्म मनाइने सिकाली जात्रामा अन्तर्गत १४ देवीदेवता (रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रहमा, विष्णु, महादेव, इन्द्रायणी, बाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमार) को नाच देखाइन्छ ।

आश्विन शुक्ल चतुर्थीदेखि आश्विन शुक्ल सप्तमीसम्म मनाइने जात्राको आफ्नै छुट्ट किम्बदन्ती इतिहास बोकेको स्थानीयहरु बताउँछन् ।

जात्राको पहिलो दिन तीनवटा गुठीमा १–१ वटा राँगा काट्ने, र गुठीमा जानेहरुको भोज हुने गर्दछ भने दोस्रो दिन आफ्नो घर घरमा परिवारसँग बसि विभिन्न परिकारहरु राखेर भोज गर्ने गर्छन् ।

तेस्रो दिन मुल जात्रा हुने गर्दछ । त्यसदिन खोकनाको मुख्य मन्दिर रुद्रायणी माईको मन्दिर हुन्छ । राति करिब साढे ३ बजेदेखि रुद्रायाणी माईलाई खतमा राखी सिकाली चौर लगिन्छ ।
त्यससँगै चौथो दिनको जात्रामा दिउँसोको ४ बजेदेखि विभिन्न मुकुट लगायका देवीदेवताहरु नगर परिक्रमा गराई पुजा गरिने चलन छ ।

अन्तिम दिन देवी देवताको नाँच देखाउने,मुकुट लगाएका देवताहरु जस्तै भैरव, कार्की, कुमारी, व्रमायणी, हनुमान, शक्ति आदिले दिनभर पौराणिक नाँचहरु देखाउँने र यससँगै जात्राको समापन गरिने प्रचलन रहेको छ ।

 

 

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...