Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपालमा बनेको हुन्डाई ‘भेन्यु ई’ को बिक्री वितरण सुरु

 

काठमाडौँ । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले ‘भेन्यू ई’ भेरियन्टको बिक्री वितरण सुरु गरेको छ । कर्पोरेसनले २०२४ मेदेखि भेन्यू एस र एसएक्स उत्पादन सुरु गरेको थियो । लक्ष्मी मोटर कर्पोरेसन, नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो ।

कम्पनीले नेपालमा हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन सुरु गरिए सँगै हुन्डाई नेपालः मेड फर योर जर्नी क्याम्पेन पनि सुरु गरेको थियो । हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरू मार्फत बिक्री गरिसकेको जनाएको छ ।

सीमित अवधिका लागि हुन्डाई ‘भेन्यू ई’ को प्रारम्भिक मूल्य ४० लाख ९६ हजार रुपैयाँ तोकिएको छ । हाल सञ्चालनमा रहेको दशैं–तिहार लक्षित योजनामा थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।

हाल नेपालमा उपलब्ध भेन्यूका अरू भेरियन्टहरूको मूल्य भेन्यू (एस) १.२ को ४४ लाख ९६ हजार रुपैयाँ र भेन्यू (एसएक्स) १.२ को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्यूमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।

 

लक्ष्मी मोटर कर्पोरेसन नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकीकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युत्को खपत, कुल गार्हस्थ्य उत्पादनमा योगदानका साथसाथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारीसाधन उपलब्ध गराउने उद्देश्य स्थापना भएको हो ।

 

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

वि.सं.२०८२ असार १० मंगलवार १६:३४

काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा...

दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता

दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको...

वि.सं.२०८२ असार ९ सोमवार २३:४०

काठमाडौं । विजयराम कशजु र अवशेष प्रसाद ओझाले कर्भ ईभी...

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता...

वि.सं.२०८२ असार ८ आइतवार १७:१६

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक...

शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी प्रवर्धनमा जोड

शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी...

वि.सं.२०८२ असार ७ शनिवार २१:४२

काठमाडौं । व्यावसायिक सवारी साधनको क्षेत्रमा क्रियाशील शशीला मोटर्सले आफ्नो...

ईभीको आयातमा तीव्र वृद्धि : ३३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

ईभीको आयातमा तीव्र वृद्धि : ३३ अर्ब...

वि.सं.२०८२ असार ७ शनिवार १९:२२

  काठमाडौं । पछिल्लो ११ महिनामा नेपालमा ३३ अर्ब रुपैयाँका...

नाडा अटो शो २०२५ भदौ ३ देखि, उद्घाटन अर्थमन्त्रीबाट

नाडा अटो शो २०२५ भदौ ३ देखि,...

वि.सं.२०८२ असार ४ बुधवार २०:३५

काठमाडौं। नाडाले आगामी भदौ ३ देखी ८ गतेसम्म काठमाण्डौको भृकुटी...